पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम, १३ वैशाख । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् ।

पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा नेपाल टेलिकमको सो सेवा अवरुद्ध छ । यी जिल्लामा पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता छ ।

टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् । पटक ÷पटक नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदासमेत दिगो व्यवस्थापनको बाटो नरोेजिएको म्याङलुङका रोशन श्रेष्ठले बताउनुभयो ।

नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने गरेको उहाँको गुनासो छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।