संसद भवनमा देउवा र ओली बिच चर्काचर्की !

काठमाडौं, वैशाख १३,

देउवा : चुनाव हुन दिने कि नदिने ?
ओली : चुनाव गर्नुस् न हामी तयार छौं नि ?
देउवा : चुनाव हुनलाई त संशोधन पास गर्नु पर्‍यो नि ।
ओली : संविधानले कहाँ रोकेको छ र चुनाव गर्न ? संशोधन फिर्ता लिनुस् ।
देउवा : मधेसी दल बल्ल बल्ल तयार भएका छन् चुनावलाई, तपाई संसद अवरुद्ध गरेर उनीहरुलाई भड्काउन खोज्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको यो संवाद संसद भवन बानेश्वरमा बुधबार साढे ३ बजे बसेको दलहरुको बैठकमा भएको हो ।

संविधान संशोधन र चुनावको मुखमा तराईका जिल्लाामा स्थानीयत तहको संख्या बढाउन लागेको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेपछि सहमति खोज्न दलहरुको बैठक बसेको थियो । तर त्यो बैठकमा सहमति खोज्ने भन्दा पनि दुई ठूला दलका नेताबिचको आरोप प्रत्यारोपमै बित्यो । कांग्रेस सभापतिले एमालेलाई चुनाव भाँड्न लागेको आरोप लगाउँदै संसद बैठकको अवरोध हटाउन आग्रह गर्नुभएको थियो ।

तर एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावका लागि संविधान संशोधनको आवश्यकता नै नरहेको भन्दै संशोधन पास गर्न नदिने बताउनुभयो । उहाँले चुनावको मुखमा सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थपेर निर्वाचन आचार संहिता विपरितको काम गरेको भन्दै अहिले संख्या थप्न नहुने अडान राख्नुभयो ।

मंगलबारको संसद बैठक पनि अवरुद्ध गरेको एमालेले स्थानीय तहको संख्या थप्नुको चित्त बुझ्दो कारण पेश गर्न सरकारलाई भनेको थियो । जस अनुसार बुधबार संसदमा उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी दललाई सहमतिमा ल्याउन संख्या थप्न लागेको बताउनुभयो । तर त्यसप्रति चित्त्त नबुझेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको संसद बैठक फेरि ५ बजेसम्मका लागि स्थगित भएको छ ।

उक्त बैठकमा प्रचण्ड र ओलीबीच चर्काचर्की पर्दा कांग्रेस सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि मौन बसेका थिए । उज्यालो अनलाईनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।