स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ ।

नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी, इसिएन एप्स आयोगको वेबसाइट www.election.gov.np वा android ios मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप्स स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ ।

मोबाइल एप्सबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाइने छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एप्सको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एप्सको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो । निर्वाचन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवम् सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले सञ्चालनमा ल्याएको एप्सबाट निर्वाचनसम्बन्धी जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा सरल रुपमा पाउन सकिने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖