देउवालाई ओलीको चुनौती- ‘एमाले बिना संसोधन प्रस्ताव पारित गरेर देखाउनुस्’

काठमाडौं, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउनको लागि एमालेलाई मनाउन काँग्रेस शीर्ष नेताहरु ओली निवास पुगेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला बालकोट पुगेका थिए ।

करिब एक घण्टा लामो चलेको छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पूर्ववर्ती अडान कायमै रहेको प्रतिक्रिया दिएका थिए । तर काँग्रेस सभापति देउवाले संशोधन प्रस्ताव पारित गराएर मुलुकलाई निर्वाचनतर्फ जानुपर्ने भएकोले एमालेले सहयोग तथा समर्थन गर्नुपर्ने भनाई राखेका थिए । तर, अध्यक्ष ओलीले अहिलेको संशोधन प्रस्तावमा एमालेले कुनैपनि हालतमा सहयोग गर्न नसक्ने प्रतिक्रिया दिएको स्रोतले जानकारी दियो ।

ओलीले आफ्नो अडान नछोडेपछि काँग्रेस सभापति देउवा पनि आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईहरु यो गर्दा पनि मान्नुहुन्न, अनि त्यो गर्दापनि मान्नुहुन्न, के गर्न खोजेको हो ? एमालेले सहयोग नगरेपनि यो प्रस्ताव पारित हुन्छ ।’ देउवाले यसो भनिरहँदा ओलीले मुसुक्क हाँसेर पेचिलो जवाफ दिए,‘एमाले बिना…? कसरी पास हुन्छ हामी पनि हेर्छौं?’

त्यसपछि देउवाले ओलीलाई चूनौति दिँदै भनें,‘महाकाली सन्धि त पारित गराएँ, यो संशोधन प्रस्ताव ? हेर्दै जानुहोला, हामी जसरी पनि यो प्रस्ताव भोलि नै पारित गराएर छाड्छौं ।’

छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी थिए । – कर्पोरेट नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖