राप्रपा फुटाउन पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाउन पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयका केही व्यक्ति सक्रिय भएको राप्रपाले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयमा रहेका फणिराज पाठक, सागर तिमिल्सिना र पशुपतिभक्त महर्जन राप्रपा फुटाउन लागिपरेको अध्यक्ष कमल थापा निकट स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा बनेको पार्टीलाई बलियो बनाउन राप्रपा फुटाउन उनीहरु लागिपरेका छन् ।

नागरिकता लगायतका कतिपय विषय राष्ट्रघाती भएको भन्दै संविधान संशोधनको पक्षमा मतदान नगर्न राप्रपाका १० जना सांसद्लाई दबाब परेको छ ।

स्रोतका अनुसार उनीहरु ४० प्रतिशत पुर्याएर अर्को पार्टी बनाउने तयारीमा सक्रिय छन् । “संविधान संशोधन राष्ट्रको पक्षमा छैन,” स्रोतले भन्यो, “त्यसैले पनि यो प्रस्ताव पारित गराउन हुँदैन ।”

पूर्वराजाको निकट रहेका केही पत्रकार पनि पार्टी फुटाउन सक्रिय रुपमा लागिपरेको राप्रपा स्रोतले जानकारी दियो । राप्रपाले पार्टी फुटाउने षडयन्त्रमा लागेको भन्दै तीन जना सांसद्माथि कारवाहीको तयारी गरेको छ । रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारवाहीको तयारी अघि बढेको अध्यक्ष थापा निकट स्रोतले जानकारी दियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।