‘मलाई राष्ट्र र नेपाली जनता प्रति अन्याय गरेर यो देशमा १ मिनेट पनि बाच्नु छैन !’

म कुनै पनि राजनीतिक दलको झन्डा नबोकीकन निरन्तर राष्ट्र र जनताका पक्षमा कलम लचाउने सचेत नागरिक हुँ ! मलाई राष्ट्र र नेपाली जनता प्रति अन्याय गरेर यो देशमा एक मिनेट पनि बाच्नु छैन |

मेरो बुझाईमा पछील्लो समयमा दलका नेताहरुले जनताका दु:ख र पिडालाई भजाएर अक्षम्य राष्ट्रघात र जनघात गरेका छन | मैले जे बुझेर भनिरहेको छु यो कुरा कुनै राजनीतिक दल र नेताहरु प्रतिको मेरो मिथ्या आरोप मात्र होइन, मेरो अन्तर हृदयले यो कुरा सत्य हो भन्दैछ | दलका नेताहरुकै हातमा सत्ता र ब्यवस्था छ | यिनिहरुलाई राष्ट्रको बिकास गर्न र लोककल्याणकारी काम गर्न कसैले अवरोध सृजना गरेको पनि छैन |

राज्यसत्ता आफ्ना हातमा हुँदा हुँदै पनि यिनिहरु केका लागि आपसमै लडाईं लढ्दैछन् भन्ने कुरा मैले बुझ्न् सक्या छैन | यस्ता पथ भ्रष्टहरुका पछी लागेर आफ्नो स्वार्थ पुरा गर्ने तत्वलाई मैले केही भन्न मिल्दैन ! जस्ले जती जानेको हुन्छ त्यसले त्यती मात्रै गर्ने हो | जनता अनजान छन | गरिबिले थिचिएको जनताले कुनै जाली फटाहलाई मत हालेर ठुलै अपराध गर्‍यो र गर्दैछ भन्ने पनि मलाई लाग्दैन् |

नेपाली दुनियाँ प्रती बेखबर यो देशका साशकहरु प्रती मलाई हदै सम्मको घिर्णा छ, हे भगवान ! जनताको रगत पसिनामा मस्ती गर्ने अपराधी सँग मेरो जम्का भेट कहिले पनि नहोस |

– योगी अविनाथको फेसबुक वालबाट साभार गरिएको |



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖