धनकुटा भेडेटार स्थितको नमस्ते झरनादेखी नाम्जे र आत्माघर जोड्ने पर्यटकिय पदमार्गको निर्माण कार्य सकियो

धनकुटा खबर, बैशाख २४ । पर्यटकीय स्थल धनकुटाको भेडेटार स्थितको नमस्ते झरनादेखी काम्फेक, नाम्जे र आत्माघर जोड्ने करिव तीन किलो मिटर पर्यटकिय पदमार्गको निर्माण कार्य सकिएको छ ।

विशेष गरी तराई क्षेत्र वाट यहाँ घुमफिरका लागि आउने पर्यटकहरुलाई लक्षित गरी निर्माण निर्माण गरिएको यो पदमार्ग पर्यटन कार्यालय बिर्तामोढको करिब २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकिय श्रृङखलामा पुग्ने आन्तरिक र बाह्य पर्यटकहरुको सहज यात्रा र बसाइ अबधि लम्ब्याउन पदमार्ग निर्माण गरिएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले जानकारी दिनुभयो । पदमार्ग निर्माणको कार्य सकिए सँगै यहाँ आउने पर्यटकहरुलाई पदयात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

साथै झरनामा घुम्न आएका पर्यटकहरुको सहजताका लागि पार्किङ्ग स्थल व्यवस्थित गर्ने कार्य पनि थालिएको छ । जसअनुसार अहिले पर्यटन कार्यलयको ५ लाख र जिल्ला भूसंरक्षण कार्यलयवाट प्राप्त ८६ घन मिटरको ६२ थान जालीले पार्किङ्ग स्थलको आधा भाग तारघेरावारा गरेको अध्यक्ष लिम्वुको भनाई छ ।

अव वाँकी भाग अन्य श्रोतवाट आगामी दिनमा व्यवस्थित गर्दैजाने योजना छ । अहिले नमस्ते झरनामा दैनिक एक हजार भन्दा वढी पर्यटकहरु आउने गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।