मतदातालाई कांग्रेस नेता अधिकारीले पैसा बाँडेको एमालेकाे आरोप : एमाले भन्छ,– मतदातालाई पैसा बाँडेकै हो, कारबाही हुनुपर्छ

आंगापुटार (नुवाकोट): नुवाकोटमा कांग्रेसका सचिव सुरेन्द्रराज अधिकारीमाथि मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप एमालेले लगाएको छ।
गएराति साढे ११ बजेतिर विदुर नगरपालिका-९ को दशमुरे चौतारोमा सचिव अधिकारीसहित तीन कांग्रेस कार्यकर्ताालाई पैसा बाँड्न हिडेको आंशकामा एमालेका कार्यकर्ताहरुले केहीबेर नियन्त्रणमा लिएका थिए।

एमालेका कार्यकर्ताले अधिकारीलाई घेराबन्दीमा राखेको जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोलीले घटनास्थल पुगेको थियो। नुवाकोटका प्रहरी प्रमुख एसपी देव बोहोराले प्रहरी निरीक्षक जीतेन्द्रकुमार वस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोलीले कांग्रेस नेता अधिकारीसहित तीनै जनालाई एमालेको घेराबन्दीबाट मुक्त गरेको जानकारी दिनुभयो। उहाँले एमालेका नेता तथा कार्यकर्ताले उहाँमाथि मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लगाएको तर त्यसको पुष्टि भने नभएको बताउनुभयो।

तर, एमालेका तर्फबाट विदुर नगरपालिकाको मेयर पदका उम्मेदवार सन्जु पण्डितले कांग्रेस नेता अधिकारी मतदातालाई प्रभावित पार्न पैसा बाँड्नै आएको दाबी गर्नुभयो। अन्नपूर्ण पोष्टसँग कुराकानी गर्दै पण्डितले नेता अधिकारीको झोलामा पैसाको विटो नै फेला परेको र मतदातालाई नै प्रभावित पार्न पैसा वितरण गर्न उनीहरु राति हिडेको अवस्थामा आफ्ना कार्यकर्ताले घेराबन्दीमा राखेर प्रहरीलाई खबर गरेको बताउनुभयो।

पैसा वितरण गर्न हिडेको आशंकामा एमाले कार्यकर्ताले कांग्रेस नेता अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएको खबर पाएलगत्तै पुगेको प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतको टोलीले उनीहरुलाई घेराबन्दीबाट मुक्त गरेका थियो। घटनास्थल पुगेका प्रहरी निरीक्षक बस्नेतले एमालेका कार्यकर्ताले शंकास्पद रुपमा हिडेका कांग्रेस नेता अधिकारीसँगै कार्यकर्ता नवराज आचार्य र सुनील श्रेष्ठलाई केहीबेर नियन्त्रणमा राखेको र आफूहरु पुगेर उनीहरुलाई मुक्त गरेको बताउनुभयो।

उहाँले एमालेका कार्यकर्ताले अधिकारीले बोकेको झोलामा पैसा रहेको र उक्त झोला खानतलासी गर्नु पर्छ भनेपछि पत्रकारको रोहबरमा अधिकारी आफैले झोलाभित्र रहेको सामाग्री देखाउँदा हजारका नोटको एउटा विटो भेटिएको बताउनुभयो। अन्नपूर्णसँग उहाँले भन्नुभयो,‘एमालेका कार्यकर्ताले भनेपछि अधिकारी आफैले झोला खोलेर देखाउनु भएको हो। स्थानीयसँग सोधपुछ गर्दा अधिकारीसहितका नेताहरुले पैसा बाँडेको भन्ने कुरा पुष्टि हुन सकेन।’

प्रहरी निरीक्षक वस्नेतका अनुसार अधिकारीले झोलामा भएको रकम घरायसी प्रयोजनका लागि बोकेको बताउनु भएको छ।
एमालेका तर्फबाट विदुर नगरपालिकाका मेयरका उम्मेदवार पाण्डेले कांग्रेस नेता अधिकारीले पैसा वितरण गरेको भन्दै कानुनी कारबाहीको माग गर्नु भएको छ। पाण्डेले नेता अधिकारीमाथि कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोट तथा निर्वाचन आयोगको कार्यालयमा उजुरी दिएको बताउनुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी कुनै गतिविधि गरेको पाइएमा कारबाही हुने बताउनु भएको छ।

एमालेले पार्टी र उम्मेदवारको बदनाम गर्न खोज्योः कांग्रेस
नेपाली कांग्रस नुवाकोटले भने नेता अधिकारीसहितलाई एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएर अशोभनीय काम गरेको आरोप लगाएको छ। शुक्रबार बिहान विदुरमा पत्रकार सम्मेलन गरी आफूहरूको हिडडुल गर्ने मानवको अधिकारको हनन गरेको आरोप पनि लगाएको छ। कांग्रेसले एमालेले आफ्नो पार्टी र उम्मेदवारको अनावश्यक बदनाम गर्न खोजेको बताएको छ।
आफ्नो झोला देखाउँदै कांग्रेस नेता अधिकारी: 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।