धनकुटा ईङ्गलिस स्कुलको ८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
विद्यार्थीहरुलाई गुणस्तरिय र व्यवहारिक शिक्षा प्रदान गर्न जोड
धनकुटा खबर, २९ वैशाख । धनकुटा ईङ्गलिस सेकेन्डरी वोडिङ्ग स्कुल धनकुटाको ८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई गुणस्तरिय र व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको वताएका छन् ।

उनिहरुले सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी सामाजिक तथा नैतिक शिक्षाको समेत खाँचो रहेकोमा जोड दिएका छन् । कार्यक्रममा वोल्नुहुदै जिल्ला शिक्षा अधिकारी रामवहादुर थापाले सामुदायिक तथा संस्थागत विद्यालयले नागरिकले पढन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने वताउनुभयो ।
विद्यालयका संस्थापक प्रन्सिपल राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धनकुटाका विद्यालय निरिक्षक नगेन्द्रमणि श्रेष्ठ,नेपाल पत्रकार महासघं धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,अभिभावक एव नेपाल पत्रकार महासघं धनकुटाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे,तमोर भ्याली सेकेन्डरी वोडिङ्ग स्कुलका संस्थापक दुर्गाप्रसाद लुईटेल,एन प्याव्सन धनकुटाका अध्यक्ष प्रकाश निरौला,विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष केशर सुव्वा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बार्षिक परिक्षमा कक्षा प्रथम,द्धितिय र तृतिय हुने,अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । सोही अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल राजन पौडेलले विद्यालयको वर्तमान अवस्था र भावि योजनाको वारेमा जानकारी गराउनुभएको थियो । साथै विद्यार्थीले नृत्य सहित आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।


