माओवादी केन्द्रका मेयर उम्मेदवार सर्वोत्तमले हार स्वीकारे, काठमाडौंबासीलाई गाली नगर्न माओवादीलाई आग्रह

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना चार दिनदेखि चलिरहेको छ । झण्डै २ लाख बढी मत खसेको महानगरको झण्डै १५ हजार मात्र मत गणना भएको छ ।

तर, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् ।

उनी अहिले पाँचौं स्थानमा छन् र मत ५०० पनि पुगेको छैन । उनलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले पनि धेरै पछाडि छाडिसकेका छन् ।

लगातार कम मत आएपछि माओवादी उम्मेदवार डंगोलले हार स्वीकार गरेका छन् । सुरुवात मत हेर्दा अब आफ्नो जितको सम्भावना नदेखेको भन्दै डंगोलले अनलाइनखबरसँग भने, ‘आएको मत मैले अपेक्षा गरेको भन्दा निकै कम छ ।’

यसले तीन कारण पनि औंल्याएका छन् । ‘हाम्रो संगठन कमजोर नै हो । बाहिरबाट आएकाहरु सदस्य भए पनि स्थानीय सदस्य कम रहे’ उनले भने, ‘त्यसमा पनि सक्रियता रहेन ।’
दोस्रो कारण संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु रहेको उनको विश्लेषण छ ।

सर्वोत्तमले मत नआउनुको कारण पार्टी नेतृत्वको असहयोगी भूमिका रहेको उनको बुझाइ छ । उम्मेदवारी दर्तापछि काठमाडौंमा कांग्रेस र माओवादीबीच तालमेल भएको र मेयरमा कांग्रेसलाई समर्थन गर्ने खबरहरु आए ।

सर्वोत्तम आफैंले त खण्डन गरे तर, पार्टी नेतृत्वको मौन रहृयो । न समर्थन गरेको हो भन्दै सर्वोत्तमलाई उम्मेदवारी फिर्ता लिन भने न समर्थन गरेको छैन भने ।

सर्वोत्तम भन्छन्, मलाई फिर्ता लिने कि भनेर समेत सोधिएन र तालमेल गरिएको होइन पनि भनिएन ।’
उनले अघि भने, ‘मैले त तालमेल भएको छैन भने । तर, विद्रोही उम्मेदवार होला भनेर मानिसहरुले बुझे । कतिपयले त मलाई नै भने पनि ।

पछिल्लो समय काठमाडौंको मत परिणामलाई लिएर माओवादीका नेता कार्यकर्ताले नकारात्मक टिप्पणी गरेका छन् । तर, सर्वोत्तम त्यसमा सहमत छैनन् ।

उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।