स्थानीय शान्ति समिति धनकुटाद्वारा द्धन्द व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा खबर, जेष्ठ ८ । स्थानीय तहको दोश्रो चरणको र्निाचन व्यवस्थित तथा मर्यादित तरिकाले सम्पन्न गर्ने लक्षका साथ स्थानीय शान्ति समिति धनकुटाले आज जिल्लाको छथर जोरपाटी गाउपालिकामा द्धन्द व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।

त्यहाँका राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि,वडा सचिव,द्धन्दपीडित लगायत सरोकारवालाहरुको उपस्थितीमा सञ्चालित कार्यक्रममा अधिवक्ता हिमा वस्नेतले निर्वाचन कसुर तथा सजाय ऐन २०६३ अनुसार जारी स्थानीय तह निर्वाचन ऐन एवम् आचार संहिताको वारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको छ ।

जसअनुसार कुनै पनि उम्मेद्धारले झुटो विवरण सहितको कागजात पेश गरेको खण्डमा २५ हजार जरिवाना र उम्मेद्धारी खारेज हुने,कुनैपनि मतदाताको मतदाता परिचयपत्र खोसेमा वा च्याती दिएमा २५ हजार जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुन सक्ने,मत पत्र नष्ट गरेमा,संकेत फेरवदल गरेमा, नक्कली मत पत्र भएमा एक लाख जरिवाना र २ वर्ष कैद सजायको व्यवस्था रहेको जानकारी गराउनुभयो ।

त्यस्तै मतदाता परिचयपत्र नभएका व्यक्तिले मत दिएमा, अर्काको नाम वाट मत दिएमा वा एउटै व्यक्तिले पटक पटक भोट दिएको पाईएमा २५ हजार जरिवाना सहित मत वदर गरिने,मतदान स्थल भित्रै मतदाताले आफुले दिएको मतको सार्वजनिकीकरण गरेमा १५ हजार जरिवाना सहित मत वदर गरिने,विष्फोटक वस्तु विष्फोट गराएमा एक लाख जरिवाना, २ वर्ष कैद वा दुवै सजाय हुन सक्ने, निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कुनै भोज भतेरको कार्य गरेमा सम्वन्धित उम्मेद्धारलाई एक लाख जरिवाना,२ वर्ष कैद वा दुवै सजाय हुन सक्ने,उम्मेद्धारको चरित्र हत्या गर्ने खालको गतिविधि गरेमा ५० हजार जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने, निर्वाचन प्रचार प्रसारका लागि सार्वजनिक स्थान, सरकारी कार्यलय तथा गैर सरकारी संस्थाको स्थानको स्थल वा सवारी प्रयोग गरेको पाईएमा, चन्दा लिने दिने गरेको पाईएमा लिने दिने दुवैलाई एक लाख जरिवाना र विभागीय कारवाही हुने व्यवस्था रहेको पनि अधिवक्ता वस्नेतले जानकारी दिनुभयो ।

साथै उहाँले निार्वचन प्रचार प्रसारका लागि बैंङ्कि कारोवारवाट मात्र उम्मेद्धारले खर्च गर्न मिल्ने सहित कानुनले २२ वटा ऐनको व्यवस्था गरेको र स्थानीय तहको १५ वटा अकिार सहित जम्मा ३७ वटा ऐन को व्यवस्था रहेको वताउनुभयो । स्थानीय शान्ति समितिका संयोजक टिका भण्डारीको आतिथ्य तथा पूर्व संयोजक लालचन्द्र गोङ्गवाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा छथरजोरपार्टी गाउपालिकाका कार्यकारी अधिकृत मणीराम खतिवडाले उल्लेखीत आचारसंहिताको पालना गरी स्वच्छ र मर्यादित ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै सरोकारवाला सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै समितिका सदस्य दोर्ण गुरागारईले राज्यको अस्थिर संयन्त्रका कारण द्धन्द पीडित सैवैलाई स्थानीय शान्ति समिति को पहलमा राहत उपलव्ध गराउन नसकेपनि पीडितहरुको तथ्याङ्क संकलन गर्ने जस्तो महत्व पूर्ण काम गर्न सफल भएको वताउनुभयो । उहाँले द्धन्दको अन्त्य नहुने यथार्थलाई स्मरण गर्दै विकास मूलक द्धन्द तर्फ समाज उन्मुख हुनु विशेष कुरा भएको धारणा राख्नुभयो ।

स्थानीय शान्ति समिति धनकुटका पूर्व संयोजक विजय सन्तोषी राईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समाजमा शान्ति स्थापना तर्फ सवै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचन पछि शान्ति निर्माण प्रक्रियामा अझ सहज हुने भन्दै भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा सहयोग गर्न सवैलार्य आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य कोपिला शंकरले राख्नुभएको थियो भने सञ्चालन सचिव सिता भण्डारीले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।