पाख्रीवास नगरपालिकाको लागि राप्रपा उम्मेद्धार छनौटको काम अन्तिम चरणमा
धनकुटा खबर, जेष्ठ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि पाख्रीवास नगरपालिकाको लागि आफ्नो तर्फवाट मेयर, उपमेयर तथा वडाध्यक्ष उम्मेद्धार छनौटको काम अन्तिम चरणमा पुर्याएको छ ।
उस्ले अहिले सम्म मेयरमा श्याम गुरुङ्ग,उपमेयरमा पवित्रा श्रेष्ठ,१ नं वडा को वडाध्यक्षमा श्रीमान पौडेल,२ नं वडाध्यक्षमा महाप्रसाद पुलामी,३ नं वडाध्यक्षमा मिन कुमार राई,४ नं वडाध्यक्षमा ईन्द्र वहादुर निरौला,५ नं वडाध्यक्षमा लक्ष्मीनाथ थापा,६ नं वडामा चन्द्र वहादुर राई, ८ नं वडामा थाम वहादुर राई लाई छनौट गरेको पार्टीले जनाएको छ ।
अन्य वाँकी वडाहरु ७,९ र १० को वडाध्यक्ष र सदस्यहरु भने यो हप्ता भित्र छनौट गरि सक्ने जनाईएको छ ।


