एमाले धनकुटाले चुनावी प्रचार प्रसार कार्यलाई तिव्रता दियो

धनकुटा खबर, जेष्ठ १२ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । जसअनुसार आज एमालेले धनकुटा नगरपालिकाको ओक्मालुङ्ग र कैलेनीमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै पार्टीका नेताहरुले नगरपालिकाको विकासका लागि सूर्य चिन्हमा मतदान गरी आफ्नो पार्टीलाई जिताउन अनुरोध गरेकाछन् ।

स्थानीय सरकार वनेपछि गरिव किसानहरुलाई धनि वनाउने, समृद्ध वनाउने,व्यवसायीक तथा आधुनिक कृषी प्रणालीद्धारा स्थानीय तहको विकास गर्ने र ओक्मालुङ्ग र कैलेनीलाई अर्गानिक भिलेजको रुपमा विकास गर्ने, सो क्षेत्रमा वसोवास गर्ने आठपहरिया जातीलाई साँस्कृती रुपमा अगाडी वढाउदै साँस्कृतीक वनाउने र अल्प संख्यक जातीहरुको संरक्षण गर्ने आश्सन दिएका छन् ।

टोल कमिटिका अध्यक्ष शुक्रराज राई अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार समितिका गोपाल गुरागाई को प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा जिल्ला कमिटीका नेताहरु अर्जुन राई,डिपलव राई मुक्ति समाजका जिल्ला उपाध्यक्ष मान वहादुर विक,मेयर उम्मेद्धार चिन्तन तामाङ्ग,वडाध्यक्ष उम्मेद्धार निरन तामाङ्ग,वडा सदस्य उम्मेद्धारहरु वाङ्गदा तामाङ्ग,लालचन्द्र गोङ्गवा,कल्पना थापा,फुलमाया विक लगायतको उपस्थिती थियो । कार्यक्रममा जिल्ला कमिटीका नेता नकुल राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन उपक राईले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।