धनकुटा फंलाँटेका बिद्यार्थीहरुलाई पोसाक र छात्रवृति
धनकुटा खबर, जेठ १२ । धनकुटाको फलाँटेमा रहेको सरस्वती प्रा.बि.फलाटेले आफ्ना बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई पोशाक तथा छात्रवृति वितरण गरेको छ ।

बिद्यालयले ६१ औं अभिभावक दिवसको अबसर पारेर बिद्यालयमा बाल बिकास देखि कक्षा ५ सम्म ६१ जना बिद्यार्थीहरुलाई उक्त पोशाक तथा छात्रवृति वितरण गरेको हो ।
बिद्यालयले २४ जना अभिभावकद्वा स्थापित २ लाख ९ हजार ७२ रुपैंयाको सरस्वती पित्रृ उदार अक्षकोषको ब्याजबाट ४२ हजार ७ सय बराबरको ६१ जनालाई पोसाक वितरण गरेको छ ।
त्यस्तै उक्त कार्यक्रमको अबसर पारेर नेपाल सरकारद्वारा छात्रा तथा दलित यिबद्यार्थीहरुलाई प्रदान गरिने छात्राबृति अन्तर्गत प्रति बिद्यार्थी ४ सयका दरले २९ जना नगद प्रदान गरेको छ ।
त्यस्तै स्थानिय भिम बहादुर खत्रीको स्वर्गीय आमाबुवाको सम्झनामा स्थापित खड्गपन्ना अक्षकोषबाट बिद्यँलयका २ जना बिद्यँर्थीलाई २ सय ५० का दरले छात्रावृति दिईएको बिद्यालयका प्राधानाध्यापक छत्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।


