धनकुटा नगरमा अल्पसंख्यकबाट काँग्रेसको मेयरमा उमेद्वार ! – हेर्नुहोस् घोषीत उमेद्वारहरुको नामावली सहित फोटोफिचर

धनकुटा खवर, जेठ १६ । नेपाली काँग्रेसले धनकुटाको ७ तह मध्ये सबै भन्दा महत्वपूर्ण तह मानिएको धनकुटा नगरपालिकामा नगरमा मात्र पाईने अल्पसंख्यक आठपहरीया जातिबाट दिनेश राई (आठपहरीया) लाई मेयर पदको उमेद्वार घोषणा गरेको छ ।

सोमबार पार्टीले नगरको उमेद्वार घोषणा कार्यक्रम गरेर आठपहरीया सहित नगरका १० वडाका ५१ सदस्यको नाम सार्वजनिक गरेको छ ।

नगरको १ नं. वडा र ७ वडामा महिला सदस्यका लागि संघिय समाजवादी फोरम संग सहकार्य गरेको कांग्रेसले उप–मेयरमा रेणु श्रेष्ठलाई अगाडि सारेको छ ।

१ दलित उमेद्वार नपाएको काँग्रेसले १ देखि १० वडा सम्म क्रमशः सन्तोष तामाङ (रुकमान), पृथसिंह दाहाल, पदम भण्डारी, महेश श्रेष्ठ, धनकुमार राई, नरेश श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, मानुभक्त राई, सिताराम खत्री (न्यौपाने) र भूपराज तमाङ्गलाई उमेद्वार घोषणा गरेको छ ।

मेयर – दिनेश राई / उप–मेयर – रेणु श्रेष्ठ

वडाका उमेद्वारहरु

वडा नं. १
सन्तोष तामाङ (रुकमान)–वडाध्यक्ष । मनकला लिम्बु–महिला सदस्य । कमला शिवा–दलित महिला सदस्य । नगेन्द्र काफ्ले र शेरबहादुर शाही–खुल्ला सदस्य

वडा नं. २
पृथसिंह दाहाल–वडाध्यक्ष । दुर्गा ढकाल (वस्नेत)–महिला सदस्य । निर्मला दर्नाल–दलित महिला सदस्य
पुरन राई र डिल्लीबहादुर दर्लार्मी–खुल्ला सदस्य ।

वडा नं. ३
पदम भण्डारी–वडाध्यक्ष । निर्मला मिश्र–महिला सदस्य । प्रमिला रसाईली–दलित महिला सदस्य । लोकेन्द्र पराजुली र वासु भण्डारी–खुल्ला सदस्य ।

वडा नं. ४
महेश श्रेष्ठ–वडाध्यक्ष । दुर्गा अधिकारी–महिला सदस्य । दुर्गा वि.क.–दलित महिला सदस्य । गोविन्द आठपहरिया र प्रकाश तामाङ (टेक)–खुल्ला सदस्य ।

वडा नं. ५
धनकुमार राई–वडाध्यक्ष । सीता प्रधान–महिला सदस्य । अम्विका परियार–दलित महिला सदस्य । रोशन श्रेष्ठ र गोविन्द राई–खुल्ला सदस्य ।

वडा नं. ६
नरेश श्रेष्ठ–वडाध्यक्ष । हिरादेवी राई–महिला सदस्य । मुना रम्तेल–दलित महिला सदस्य । मिलन खड्गी र वेणु वस्नेत–खुल्ला सदस्य ।

वडा नं. ७
मोहन कुमार श्रेष्ठ – वडाध्यक्ष । पार्वती राई–महिला सदस्य । टिका विश्वकर्मा–दलित महिला । कुमार दाहाल र केदार श्रेष्ठ–खुल्ला सदस्य ।

वडा नं. ८
मानुभक्त राई–वडाध्यक्ष । आज्ञाश्वरी राई–महिला सदस्य । दलित महिला सदस्य–खाली । लायन सिंह राई र दिलबहादुर राई–खुल्ला सदस्य ।

वडा नं. ९
सिताराम खत्री (न्यौपाने) –वडाध्यक्ष । सर्मिका कार्की–महिला सदस्य । हरिमाया वि.क.–दलित महिला सदस्य । मकरध्वज राई र तिलक प्रधान–खुल्ला सदस्य ।

वडा नं. १०
भूपराज तमाङ्ग–वडाध्यक्ष । शान्ता भट्टराई–महिला सदस्य । बिमला दर्जी–दलित महिला सदस्य । सुरेश कुमार श्रेष्ठ र हर्क बहादुर विष्ट–खुल्ला सदस्य ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।