चौविसे गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धार घोषणा
धनकुटा खबर, जेष्ठ १६ । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आज चौविसे गाउँपालिकाको मेयर, उपमेर तथा वडाध्यक्ष र सदस्य उम्मेद्धारहरुको नामावली एक कार्यक्रमको वीच घोषणा गरेको छ ।
पार्टीका चौविसे गाउँपालिका ईन्चार्ज ऋषीराम ढुङ्गानाको प्रमुख आतिथ्य तथा गाउपालिका सहसंयोजक सञ्च मादीको अध्यक्षतामा भएको कार्यक्रममा मेयरमा भूमिराज देवान आधुनिक र उपमेयरमा शोभा वस्नेतको नाम घोषणा गरिएको छ ।
त्यस्तै वडा नं १ वाट राम प्रसाद श्रेष्ठ,वडा नं २ वाट ममिन्द्र लिम्वु,वडा नं ३ वाट हरि मारेन, वडा नं ४ वाट अकिल न्यौपाने,वडा नं ५ वाट सुरेन्द्र न्यौपाने,वडा नं ६ वाट कमल चेम्जोङ्ग,वडा नं ७ वाट नरहाङ लावती र वडा नं ८ वाट नपक सिं वस्नेतले वडाध्यक्षका लागि निर्वाचन लड्ने पार्टीले जनाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।


