‘राज्यले विभिन्न श्रोत-साधन समान तरिकाले वितरण नगर्दा पनि द्वन्दको स्थिती र्सिजना हुन्छ’

छिन्ताङ्ग शहिद भूमि गाउँपालिकामा द्धन्द्ध व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा खबर, जेष्ठ १६ । स्थानीय शान्ति समिति धनकुटाले आज धनकुटाको खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिकामा द्धन्द्ध व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका संयोजक टिका भण्डारीको प्रमुख आतिथ्य तथा पूर्व संयोजक डिल्लीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्धन्द व्यवस्थापन र संविधान तथा स्थानीय शान्ति समितिको काम कर्तव्य र अधिकारको वारेमा सहभागीहरु सँग छलफल गरिएको छ । कार्यक्रमको सहजीकरण गर्दै शान्ति समितिका सदस्य दोर्ण गुरागाईले समितिको काम कर्तव्य र अधिकारको वारेमा जानकारी गराउनुभएको छ ।

सो क्रममा उहाँले पीडित र पीडक दुवै पक्षको जीतको अवस्था र्सिजना गर्नु नै शान्ति व्यवस्थापन हो भन्दै यसका लागि अझ पनि सवै लागि पर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अहिले केन्द्रका हरेक अधिकार गाउँमै आईसकेको भन्दै स्थानीय स्तरको विकास प्रवद्र्धनका लागि शान्ति र विकास सँगसँगै अघि वढाउदा राम्रो हुने धारणा राख्नुभयो ।

त्यस्तै गरी समितिकै अर्का सदस्य विदुर सुवेदीले विकासका लागि राज्यले विभिन्न श्रोत साधन समान तरिकाले वितरण नगर्दा पनि द्धन्दको स्थिती र्सिजना हुने भन्दै योजना वाडफाँड तथा विकास निर्माणका कुराहरुमा सवैले ध्यान दिए द्धन्द व्यवस्थापनमा सहयोग पुग्ने वताउनुभयो । साथै उहाँले वर्तमान संविधानले लैङ्गिक तथा जातीय समानता,मानव अधिकार,मौलिक स्वतन्त्रता लगायतका धेरै विषयमा सकरात्मक व्यवस्था गरेको सहभागीहरुलाई जानकारी गराउनुभयो ।

खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिका अधिकृत ईन्दिरा न्यौपाने, पञ्चकृष्ण माविका प्रधानाध्यपक शम्सेरमान राई लगायत त्यहाँका विभिन्न वडाका वडा सचिव, द्धन्द पीडित, सूरक्षा निकायका प्रमुखको उपस्थितीमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य शान्ति समितिका सदस्य कोपीला शंकरले राख्नुभएको थियो भने सञ्चालन सचिव सिता भण्डारीले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।