यसरी गर्यो एमालेले चितवनमा २४ घण्टाभित्रै विशाल शक्ति प्रदर्शन !

चितवन । नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको मतणना गर्ने क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै स्थगित भएको मतगणना प्रक्रिया तत्काल सुरु गर्न माग गदै मंगलबार विशाल जनप्रदर्शन गरेको छ । एमालेले तत्काल मतगणना सुरु गर्न माग गर्दै जनपर्दशन गरेको हो । हज्जारौ नेता कार्यकर्ताहरुको उपस्थितिमा भरतपुरमा भएको सो जनप्रदर्शनपछि त्यसलगत्तै नेता कार्यकर्ताहरुले भरतपुरकै कवर्डहलमा पुगेर धर्ना दिन सुरु गरेका छन् ।

माओवादी कार्यकर्ताले मतपत्र च्यातेको प्रहरीले समेत पुष्टि गरेपछि एमाले कार्यकर्ताहरुले २४ घण्टाभित्रै चितवनमा शक्ति केन्द्रीत गरेका थिए । सो घटनामा माओवादी र उसका कार्यकर्ताहरुको देशव्यापी रुपमा विरोध भैरहेको छ । माओवादीले कमजोरी गरेको थप पुष्टि भएपछि चितवनमा एमाले जनलहर थप बलियो हुँदै गएको देखिन्छ । त्यसैले पनि केही घण्टाभित्रै भरतपुरमा विशाल जनप्रदर्शन सफल भएको छ ।

मतगणना अन्तिम चरणमा पुगेपछि मतपत्र च्यातेर माओवादी र कांग्रेसले पुन मतदानको माग गर्दै आएका छन् भने एमालेले पुन मतगणना गर्न माग गरिरहेको छ । अहिले एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयरका उम्मेद्वार देवी ज्ञवाली,उपमेयरका उम्मेद्वार दिव्या शर्मा लगायत नेता र कार्यकर्ताहरुको नेतृत्वको टोली अहिले धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध र्याली निकालेको थियो । धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोख्रेलले मतगणना तत्काल सुरु गर्नुपर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने चेतावनी दिएका छन् ।

एमालेका शीर्ष नेता आयोगमा
चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा एमालेको उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा.यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमा लिन नपर्ने र कब्जा नभएको अवस्थामा मात्र पुनः मतदानमा जाने कानुनी व्यवस्था भएको बताए।

उनले ‘महानगरपालिका प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीको जित सुनिश्चित भएको अवस्थामा सो घटना गराई पुनः मतदानमा लाग्ने षड्यन्त्र गरेको’ भन्दै आफ्नो पार्टीलाई त्यस्तो काम मान्य नहुने स्पष्ट पारिएको जानकारी दिए। उनले भने, “छानबिन गरेर मतगणना सञ्चालन गरियोस् ।

एमाले हार्न तयार छ, तर देश, जनता र निर्वाचन पद्धतिले जित्नुपर्छ । यस्ता घटनामा पुनः मतदान गराउँदै जाने हो भने आगामी निर्वाचनमा परिणाम आफ्नो हातमा पार्न निश्चित नभएसम्म मतदान र गणना प्रक्रिया भत्काउने प्रवृत्तिले प्रोत्साहन पाउँछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।