मतपत्र च्यात्नेलाई माओवादीले गर्यो खादा लगायर स्वागत, प्रचण्ड पुत्र प्रकाशले भने सत्यको जित भयो

काठमाडौं, १८ जेठ । भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन् । जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर उनीहरु रिहा भएका हुन् ।

माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरु धरौटी पश्चात रिहा भए । उनीहरुले भरतपुरमा ९० मत च्यातेको फेला परेको थियो ।

विहीवार निर्वाचन आयोग, सुरक्षा अधिकारी र दलका प्रतिनिधिले च्यातिएका मतपत्रको यकिन गरेका हुन् । १४ गते मतगणना चलिरहेकै बेलामा विवाद हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।

आज च्यातिएका मत पत्रको बारेमा यकिन हुँदै गर्दा पक्राउ परेका न्यौपाने र सिवाकोटी खादा लगाएर बाहिरिएका छन् ।

उनीहरुलाई माओवादी कार्यकर्ताले खादा लगाएर सम्मान गरेका हुन् ।

उनीहरुले खादा लगाएर बाहिरिएको तस्वीर माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालले दुबै जना निर्दोष सावित भइ अदालतबाट बाहिरिएको बताएका छन् । तर मुद्दा किनारा लागेको छैन । उनीहरु धरौटीमा छुटेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖