जापानमा बिदेशीहरु प्रति निगरानी बढ्दै, अनुमति नभएकालाई काम नगराउन प्रहरीको अपिल

टोकियो, जापानमा ओभरस्टे बसी काम गर्नेहरुको संख्यामा बृद्धि हुंदै गर्दा जापान प्रहरीले काम गर्ने अनुमति नभएकालाई काम नदिन अपिल गरेको छ । प्रहरीले धेरै बिदेशीहरुले काम गर्ने स्थानहरुमा गई सम्बन्धित कम्पनीहरुलाई सो अपिल गरेको हो ।

बिशेष गरी टोकियो र सिनागावा क्षेत्रका रेष्टुरेन्ट तथा कन्भिनियन्स स्टोरहरुमा गई बिदेशीहरुलाई काम गराउने बेलामा उनीहरुको रेसिडेन्ट कार्ड राम्रोसंग चेक गरी काम गर्ने अनुमती भए नभएको एकिन गरेर मात्र काममा लगाउन प्रहरीले अनुरोध गरेको हो । प्रहरीले बिभिन्न स्टेशनहरुमा बसी पर्चा पम्प्लेट बाडेर पनि सार्बजनिक रुपमै सो अपिल गरेको छ ।

जापानभरिमा ओभरस्टे बस्ने बिदेशीहरुको संख्या ३ बर्षसम्म लगातार बृद्धि भई यसबर्षको जनवरीमा ६५ हजार जना पुगेको प्रहरीले बताएको छ । सो संख्या अघिल्लो बर्षको तुलनामा ३ हजार जना बढि हो । कुनै पनि कम्पनीले अन्जानमा ओभरस्टे लगायत काम गर्ने अनुमति नभएकाहरुलाई काम गराउंदा पनि कम्पनी आफै सजाँयको भागिदार हुनुपर्ने भएको र अबैधानिक रोजगारलाई निरुत्साहित गर्नको लागि पनि यस खालको अभियान संचालन गरेको प्रहरीले जनाएको छ ।

स्मरण रहोस, बिना अनुमति अथवा भिसामा तोकिए भन्दा फरक प्रकृतिको काम गरेको अभियोगमा पक्राउ परी नेपाल फर्काइएका नेपालीहरुको संख्यामा पनि बृद्धि भएको श्रोतको दावी छ । यता अवैधानिक रुपमा काम लगाएको आरोपमा जापानका विभिन्न स्थानहरुबाट कम्पनी संचालकहरु पक्राउ परेका समाचारहरु पनि बढिरहेका छन् ।

समुद्रपारि हाइलाइट्स हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।