प्रधानमन्त्री निर्वाचनको तयारी भइरहेका बेला धमाधम मन्त्रालय बाँड्दै कांग्रेस–माओवादी !

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री निर्वाचनको तयारी भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरू मन्त्रालय भागवण्डामा लागेका छन् । कांग्रेसका नेता विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले मन्त्रालय विभाजनको तयारी सुरु गरेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले परराष्ट्र, भौतिक पूर्वाधार एवं यातायात र रक्षा मन्त्रालय लिने तयारी भएको छ । उर्जा मन्त्रालयमा माओवादी केन्द्रले दाबी गरेको छ । गृह मन्त्रालय माओवादी केन्द्र र अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी यसअघि नै भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक र अन्य साना दलहरू सहभागी हुँदै छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।