‘भरतपुरमा रेणु दाहाल होइन, प्रचण्ड र देउवा नै चुनावमा उठे पनि एमालेका देवी ज्ञवालीले जित्ने छन्’ भन्दै उत्रियो युवा संघ र अनेरास्ववियु, राजधानीमा भव्य प्रदर्शन, (भिडियो सहित)
काठमाडौं, भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेका छन् । राजधानीमा अपरान्ह युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले आयोगको निर्णय खारेज गर्न मागसहित प्रदर्शन गरिएको जनाइएको छ । उनीहरूले आयोगले आफ्नो निर्णय नसच्याएर थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । निर्वाचन आयोगले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गर्दा एमालेले भने मतगणना हुनुपर्ने अडानमा छ । प्रदर्शनीमार्गबाट सुरु भएको र्याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेको थियो । र्यालीमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो । बाँकि भिडियोमा हेर्नुहोस


