राष्ट्रिय सरकारमा जान एमाले आतुर : एमाले नेता पाण्डे

नगरकोट, २२ जेठ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेको बताउनुभएको छ ।

एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेको छ । तर अहिले चयन हुन लागेको बहुमतीय सरकारमा भने नजाने उहाँले बताउनुभयो ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना सुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिँदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भए पनि एमाले अदालतको निर्णयको पखाइमा रहेको उहाँले बताउनुभयो ।

एमालेले गरेको संसद् अवरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदै उहाँले एमालेले प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुनुअघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजना कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य पाण्डेले विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि तत्काल उद्योग स्थापनालगायतका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।