‘मदानेमा आफ्नै तलवबाट असाह्य कोषको सुरुवात गर्छु’ : महेन्द्र कुँवर

गुल्मी, असार १४ लाई तोकिएको स्थानीय तहको चुनावको लागि ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा प्रचार प्रसार तिव्र छ। कतिपय गाउँपालिकामा ठूला पार्टीले कसलाई टिकट दिन्छ भन्ने पर्खाइ छ भने कतिपय स्थानीय तहमा पार्टीको तर्फबाट टिकट पाइसकेका उम्मेदवारहरु प्रचारमा केन्द्रित भएका छन।

सामुहिक विकासका नारा भन्दा व्यक्तिगत सहयोग उपलव्ध गरउने विद्यार्थिलाई निशुल्क पढाउने, बृद्ध बृद्धालाई भत्ता बढाउने लगायतका नारा पनि केही उम्मेदवारले उचालेका छन्। तर यसरी स्थानीय तहमा विकासको लागि पठाएको पैसा आफू अनुकुल सामाजिक भत्ता बृद्धि गर्न नपाइने भएता पनि विशेषगरी एमालेका उम्मेदवारहरुको मूख्य नारा सामाजिक भत्ता बृद्धिमै छ।

तर विकासका हिसाबले पछाडी परेको गुल्मी जिल्लाको क्षेत्र नं ३ स्थित मदाने गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका महेन्द्र कुँवर नमुना उम्मेदवार देखिएका छन्। उनले अनावश्यक आश्वाशन नदेखाइ गर्न सक्ने काम यसरी गर्छु भनेर योजना सहित प्रस्तुत गरिरहेका छन्।

उनको पहिलो प्राथमिकता जनताको सामान्य समस्या केन्द्रित देखिन्छ । विकासको लागि छुट्टाएकाे बजेट बाड्ने घोषणा अन्य उम्मेदवराहरुले गरिरहँदा कुँवर भने आफू विजयी हुँदा गाउँपालिका अध्यक्षको रुपमा आउने तलबको कोष खडा गरेर जनताको समस्या सम्वोधन गर्न सो‌‌च बनाएका छन् ।

‘मैले अनावश्याक कुरा गरेर जतता ढाँट्न चाहँदिन जे गर्न सक्छु त्यसलाइ पहिलो प्राथमकिता दिएको छु, हाम्रो ठाउँमा गरिवी छ, छानो टाल्न नसक्ने व्यक्ति पनि छन्, न्यानो खोज्न नसक्ने व्यक्ति पनि छन्, ती समस्या समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो’ उनले भने।

‘गाउँपालिका अध्यक्षको लागि राज्यले तलव तोकिसकेको छ, त्यो बाहेक केही पैसा पनि जम्मा गरेर एउटा कोष बनाउने ७ वटै वटा वडाध्यक्षले निकाल्ने गरी बैंक खाता खोलेर कम्तिमा यस्ता समस्या समधान गर्ने मेरो प्रतिवद्धता हो, मेरो तलव आफ्ना लागि प्रयोग गर्ने छैन ।’ कुँवरले थपे।

त्यस्तै औषधि किन्न नसक्ने, अस्पताल जान नसक्नेहरुलाई पनि आफुले यो कोषको प्रयोग गरेर सहयोग गर्ने बताए। त्यस्तै गरीव तथा असाह्यका छोराछाेरी पढाउन समेत त्यो कोष प्रयोग गर्ने उनले बताएका छन्।
यी पहिलो प्राथमिकता भएता पनि मदाने क्षेत्रको विकासको लागि उनका योजना थुप्रै छन् ।

के हुन योजना ?

उनले गर्न सकिने र गर्नै पर्ने थुप्रै योजनाहरु पनि बनाएका छन्। जस अनुसार पहाडी जिल्ला भइकन कृषीको हिसाले अत्यन्तै सम्भावना रहको वडा नम्बर तीनको सिम आठचौरमा चिस्यान केन्द्र बनाउने र त्यहाँ उत्पादन भएका समाग्री विभिन्न बजारमा पुर्यानउने योजना उनले बताएका छन् । प्रत्येक हप्ता हाटबजार खुलाउने र कृषकलाई आवश्यक मलम विउ भण्डारण समेत निर्माण गर्ने योजना कुँवरको छ।

सबै वडामा मोटरबाटो पुर्याएर आधुनिक कृषिलाई उच्च महत्व दिई त्यसको बजार व्यवस्थापन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छन्। कुँवरले आफ्नो प्रतिबद्धता पत्रमा अर्गानीक खेती, बाख्रा, कुखुरा, गाई, भैँसीपालनलाई उच्च महत्व दिएका छन् ।

स्थानीय पोखरी, वडाचौर, भनभने, अस्कुना, गाडापारि, सिर्सेनी, भुजुङ्गे, पोखरा, होलबाङ, सोइरे, अग्लुङ्गफेदी, पातलकटेरी, पटौटी, मलागिरी, काउले, डुममारे, भुल्के हुँदै स्थानीय पोखरीको रिङरोडलाई यथाशिघ्र अध्ययन गरी निर्माण गर्ने जनाएका छन् ।

मदानेलाई सुन्दर र पर्यटकीय क्षेत्र रुपमा विकास गर्ने योजना उनको रहेको छ। प्रत्येक वडामा उच्च मावि बनाउने र सार्वजनिक विद्यालयलाई पनि निजी क्षेत्रका विद्यालयसँग प्रतिष्पर्धा गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता उनको छ।

कुँवरले ख्याती प्राप्त विश्वविद्यलयसँग सम्बन्धन लिएर गाँउपालिकामा एक उच्च शिक्षा हासिल गर्न बहुमुखि क्याम्पस स्थापना गर्ने कुरालाई पनि विशेष महत्व दिएका छन्। स्वास्थ्य क्षेत्रलाई स्तरबृद्धी गरी प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य सेवा दिने उनको बताएका छन् ।

को हुन कुँवर

कुरालाई भन्दा कामलाई महत्व दिने कुँवर विगत देखिनै सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन्। राजनीतिमा समेत उनको परिचय लामो छ।

२०१७ सालमा राजा महेन्द्रले सत्ता हत्याएपछि काशिनाथ गौतमसँग प्रजातन्त्र प्राप्तीको आन्दोलन र शाही कदमको विरुद्धमा लागेको भन्दै उम्मेदवार महेन्द्र कुँवरका पिता चेत बहादुर कुँवरले पाल्पा कारागारमा नौ महिने कठोर जेल जीवन विताएका थिए।

२००८ सालमा यस अघिको पुर्कोट दह गाविसमा जन्मिएका महेन्द्र कुँवरले पनि नेपाली कांग्रेस द्धारा आव्हान गरेका सबै आन्दोलनमा सकृय सहभागिता जनाएका थिए। २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लागेका कुँवर २०३७ देखि २०६८ सालसम्म सरकारी सेवामा समर्पित भएका थिए । सरकारी सेवामा स्वास्थ्य अन्तर्गत उनले सदरमुकामबाट ज्यादै दुर्गममा रहेको पुर्कोटमै बसेर साविकको मदाने गाविसका धेरै जनतालाई सेवा दिएका थिए ।

कुँवरले सेवा दिने समयमा यातयातको पहुँच नभएको पर्कोट क्षेत्रका जनताको स्वास्थ्य सेवामा अनवरत ३२ बर्षदेखि सेवा दिएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।