स्थानीय निर्वाचनको चहलपहल बढेसँगै भोजपुरमा एक्लियो एमाले, एक्लै भिड्ने – यसकारण टेम्के मैयुङ चर्चामा
भोजपुर, २३ जेठ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै भोजपुरमा चहलपहल बढेको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले दैनिकजसो प्रचारप्रसार र घरदैलो अभियान चलाएपछि गाउँमा रौनक बढेको हो ।
दुई नगरपालिका र ७ गाउँपालिकासहित ९ स्थानीय तह रहेको भोजपुरमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न केही दलले तालमेलको तयारी पनि गरेका छन् । अधिकांश तहमा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । एमालेले भने आधिकांश स्थानमा एकल प्यानल बनाएर गठबन्धन दलहरूसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
टेम्के मैयुङ चर्चामा
जिल्लाको टेम्के मैयुङ गाउँपालिकाको निर्वाचनलाई भोजपुरमा सर्वाधिक चासो दिइएको छ । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा हुने भएपछि चुनावी महोललाई विश्लेषण गर्न थालिएको छ ।
म्के मैयुङ गाउँपालिकामा एमालेले युवा नेता धु्रवराज राई र तीन पार्टी कांग्रेस, माओवादी र फोरमको संयुक्त गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामसिं राईलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।
गठनबन्धनका उम्मेदवार रामसिं राई पुराना नेता हुन् भने एमालेका धु्रवराज राई युवा नेताका रूपमा परिचित छन् । दुई राजनीतिक हस्तीको रूपमा टक्कर हुने भएपछि सबैमा चासो बढेको हो ।


