देश सपार्छु भन्नेले स्वास्थ्य बिगार्दैछन्

काठमाडौं, २३ जेठ । केही बेरमा प्रधानमन्त्रीको निर्वाचन हुँदै ,शेरबहादुर देउवा चालिसौं प्रधानमन्त्री बन्ने पक्का भयो । शायद यही खुशीयालीमा पियक्कड देउवा निवासमा पिउले सिलसिला अझ बाक्लिदै गएको छ ।

राप्रपाले समेत देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाइसकेको छ । मधेसी मोर्चाका राजपासहितको घटकहरुले समेत देउवाले आफ्ना मागहरु पूरा गर्ने भएकाले समर्थन दिने भनेका छन् । साना दलहरु त देउवाको पक्षमै भएकाले पनि देउवाले दुई तिहाई मतका साथ प्रधानमन्त्री बन्ने निश्चित छ ।

प्रधानमन्त्रीका एक्ला उमेदवार र यति ठूलो समर्थन । तर कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रश्न छ– देउवाको प्रधानमन्त्री केका लागि ?

कांग्रेसभित्र ठूलै जमात छ यस्तो प्रश्न गर्ने र पहिलो चरणको स्थानीय निर्वाचनपछि दोश्रो चरणमा पनि देउवाको सनकमा केहीलाई मेयर, गाउँपालिकाको अध्यक्षको टिकट दिइएकोमा व्यापक असन्तोष पनि फैलिएको छ । यस्तै असन्तोषका तनाव गर्न हो कि देउवा झन धेरै पिउन थालेका छन् ।

सम्भवतः आजै शेरबहादुर देउवा चौथोपटक चालिसौं प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् । संसदमा उनका लागि प्रचण्डले खाली गरिदिएको प्रधानमन्त्री पदका लागि प्रचण्ड बहुमत मिल्नेछ ।

आश्चर्य, देउवाका प्रस्तावक बनेका छन्– माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री प्रचण्ड । र समर्थकहरु रहेका छन्– वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी । र, राप्रपा लगायतका सानादलहरुले समर्थन दिने घोषणा गरिसकेका छन् ।

यति हुँदा पनि आफ्नो पार्टीभित्रकालाई भाग, समर्थक दलहरुलाई भाग दिन सकसमा परेका देउवालाई तत्काल जम्बो सरकार बनाउने कि अहिले सानो मन्त्रिमण्डल बनाएर पछि थप्ने भन्ने अप्ठेरो छ । सबै साना दलहरुलाई हातहातै भनेजस्तो विभाग र मन्त्रीपद चाहिउको छ ।

देउवालाई मन्त्रिमण्डल कत्रो बन्ला भन्ने चिन्ता छैन । उनी पहिलेदेखि नै जम्बो मन्त्रिमण्डल बनाउन महारथ हासिल गर्ने नेता हुन् । बस उनलाई सत्रा चाहिने हो, आज पनि एमालेले संसद अवरुद्ध पार्ने हो कि भन्ने आशंका मात्र छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।