२ दिने भेषाभुषा संरक्षण उद्यमशिलता तालिम सम्पन्न

धनकुटा खबर, जेठ २५ । आदिबासी जनजातिहरुको परम्परागत मौलिक भेषाभुषाको उद्यमशिलताको प्रवद्र्धन गर्ने उदेश्यले सन्चालित दुई दिने उद्यमशिलता तालिम विहिवार सम्पन्न सकिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको आयोजना र जिल्ला समन्वय समिति धनकुटाको सहयोगमा तालिम सन्चालन भएको थियो ।

तालिम पछि बिहिबार नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न गरेर तालिम समापन गरिएको हो ।

समारोहमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, महिला मानव अधिकार रक्षक संजालकी जिल्ला अध्यक्ष मिना तुम्वा, आठपहरिया समाज जिल्ला अध्यक्ष अष्टवहादुर छोङ्गदेन आठपहरिया लागायतले मनतब्य राखेका थिए ।

तालिममा सिलाई, फेन्सी व्यावसायी, घरेलु खाडी कपडा वुन्ने र आदिवासी जनजातिहरुले लगाउने मौलिक भेषाभुषा विक्रि वितरण र सिलाई वुनाई गर्ने ३० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

उद्यमशिलता तालिमको सहजीकरण घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका का.मु. सत्यनारयण राई र तालिम अधिकृत श्याम पोख्रेलले सहजीकरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।