‘कोहलपुरको स्वरुपमा ५ वर्ष भित्र काया पलट गर्ने’ भन्दै माओबादी केन्द्र कोहलपुरका मेयर उम्मेद्वार नरेन्द्र न्यौपानेले ल्याए यस्तो योजना (भिडियो सहित)
कोहलपुर । नेकपा माओबादी केन्द्र कोहलपुरका मेयर उम्मेद्वार नरेन्द्र न्यौपानेले आफु मेयरमा निर्वाचित भएपछि कोहलपुरलाई मध्यपश्चिमाञ्चलकै व्यापारिक केन्द्र बनाउने बताए । उनले लाईट नेपालसंगको कुराकानीमा यस्तो बताएका हुन् ।
मेयर प्रत्यासी उम्मेद्वार न्यौपानेले आफुलाई सबैको सहमतिमा पार्टीले मेयरको टिकट दिएको बताउँदै सबैको मत पाउनेमा आफु विश्वस्त भएको पनि बताए । उनले भने–“म मेयरका लागि निर्वाचित उम्मेद्वार हैन । मलाई सबैको सहमतिमा मेयरको उम्मेद्वार बनाईएको हो । त्यसैले जित्छु भन्नेमा विश्वास छ ।” कोहलपुर जति बनेको छ त्यो भन्दा अझंै धेरै गुणा बन्न बाँकि नै छ उनले भने ।
अखिल क्रान्तिकारिका केन्द्रिय अध्यक्ष समेत रहेका न्यौपाने आफ्नो उम्मेद्वारी कोहलपुरलाई आधुनिक र समृद्ध कोहलपुर बनाउनकै लागि भएको बताउँछन् । लाईट नेपालसंग कुराकानी गर्दै उनले भने–“यदि मैले जितें भनें, ५ वर्ष भित्र मैले कोहलपुरको स्वरुपमा काया पलट गर्ने छु । र त्यसको शुरुवात कोहलपुरलाई ४ ल्यानको बनाउनेबाट हुनेछ ।”
पर्यटकिय क्षेत्रको रुपमा कोहलपुरलाई विस्तार गर्ने योजना बनाएका न्यौपानेले कोहलपुरमा २ वटा चिडियाखाना र अन्तराष्ट्रिय क्रिकेट मैदान बन्न जरुरी भएको पनि बताए । साथै उनले कोहलपुरको प्रत्येक घरमा दमकल र एम्बुलेन्स पुग्ने खालको बाटो निमार्ण गर्ने र ग्रभिल भएका सबै बाटाहरुलाई पक्कि बाटो बनाउने पनि आफ्नो योजना रहेको बताए ।
लामो समय देखी पार्टी प्रतिको लगन, मेहेनत र ईमान्दारीताकै कारण आफुलाई पार्टी र कोहलपुर बासीले रुचाएको बताउने मेयर उम्मेद्वार नरेन्द्र न्यौपानेले जनताको भरोसामा आफु खरो उत्रने बताए । हेरौं उनका योजना र कोहलपुर बनाउने प्रतिबद्धताको विषयमा लाईट नेपालसंग उनले गरेको कुराकानी ।


