पाख्रीवास नगरपालिकाको विभिन्न ८ वडामा एमालेले आफ्ना उम्मेद्धारहरुको टुङ्गो लगायो

धनकुटा खबर, जेष्ठ २६ । नेकपा एमालेले जिल्लाको पाख्रीवास नगरपालिकाको विभिन्न ८ वटा वडामा स्थनीय तहको दोश्रो चरणको निर्वाचनका लागि आज वडाध्यक्ष र सदस्य उम्मेद्धारहरुको टुङ्गो लगाएको छ ।

पार्टीको जिल्ला स्तरका नेताहरुको सँग वसेको आन्तरिक वैठकले वडाध्यक्ष र सदस्य उम्मेद्धराहरुको नाम टुङ्गो लगाएको हो । जसअनुसार पाख्रीवास नगरपालिकाको वडा नं १ र ९ वाहेकका वडाहरुमा वडाध्यक्ष छनौट गरिएको पार्टीको तर्फवाट पाख्रीवास नगरपालिका मेयर उम्मेद्धार वीर्ख राजन राईले जानकारी दिनुभयो ।

छनौट गरिएका नामअनुसार २ नं वडाध्यक्षमा तोर्ण खपाङ्गी मगर,सदस्यहरुमा राजकुमार मगर र तिलक वहादुर कटुवाल, महिला सदस्यमा लक्ष्मी तामाङ्ग र दलित सदस्यमा विष्णु माया विक, ३ नं वडाध्यक्षमा सुन्दरलाल तामाङ्ग, सदस्यहरुमा सरोज राई र मान वहादुर महत, महिला सदस्यमा देवीमाया वस्नेत र दलित सदस्यमा लक्ष्मी परियार, ४ नं वडाध्यक्ष शोभित निरौला, सदस्यहरुमा डागम राई र अर्जुन गुरुङ्ग, महिला सदस्यमा कृष्णमाया खड्का र दलित सदस्यमा शान्ति दर्जी,५ नं वडाध्यक्ष गोपालराज थापा,सदस्यहरु पुष्प वहादुर थापा र नम्रता देउजा, महिला सदस्य कमला थापा र दलित सदस्यमा वविता विक,६ नं वडाध्यक्षमा जल वहादुर तामाङ्ग,सदस्यहरु गणेश भण्डारी र कमल कुमार राई,महिला सदस्य सुन्दरा वस्ति र दलित सदस्य शर्मिला विशंखे ७ नं वडाध्यक्ष फडिन्द्र तामाङ्ग,सदस्यहरु डिल्ली भण्डारी र चन्द्र वहादुर तामाङ्ग,महिला सदस्य होमादेवी भण्डारी र दलित सदस्य आयुष्मा विक,८ नं वडाध्यक्षमा सिताराम राई, सदस्य हेम गिरी,महिला सदस्य अरुणा कुमारी राई र दलित सदस्य सनत माया मिजार र १० नं वडाध्यक्षमा हरि वहादुर खत्री सदस्यहरु विरेन्द्र समाल र गोरख वहादुर राना, महिला सदस्य कल्पना राई र दलित महिला सदस्य तिलक माया विकको नाम छनौट गरिएको छ ।

एमालेले यो नगरपालिकामा मेयर र उपमेयर उम्मेद्धारमा यसअघि नै क्रमश वीर्ख राजन राई र देवकला तिम्सिनालाई छनौट गरिसकेको छ । अव वाँकी १ र ९ नं वडाको वडाध्यक्ष र सदस्य उम्मेद्धार र ८ नं वडाको १ जना सदस्य उम्मेद्धारको नाम पनि छिटै टुङ्गो लगाईने वडा नं ८ का वडाध्यक्ष उम्मेद्धार सिताराम राईले वताउनुभयो ।

तस्वीर – दुर्गा कार्की ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।