देउवाको विरोधमा काँग्रेस कै कार्यकर्ता !

तरहरा, नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिको मेयरमा रोहित प्रसाईलाई उम्मेद्धार बनाएपछि कार्यकर्ताहरु आन्दोलित भएका छन् । यस अघि मेयरका दावेदारको रुपमा रहेका हेमकर्ण पौडेलको नाम मेयरको रुपमा आउने आशा गरेका कार्यकर्ताहरु त्यस विपरित रिजल्ट आएपछि विरोध स्वरुप आन्दोलनमै उत्रिएको आजको ब्लाष्टमा खबर छ ।

विरोधमा उत्रिएका कार्यकर्ताहरुले आज नेपाली काँग्रेसको उपमहानगर कमिटी, २ नम्बर क्षेत्रीय कमिटि र जिल्ला पार्टि कार्यलयमा तालाबन्दि गरेका छन् । पौडेल समर्थक कार्यकर्ता तथा स्वतन्त्र समर्थकहरुको ठुलो समुहले इटहरीमा विरोध र्याली प्रर्दशन गर्दै निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयले विहिबार देउवा पक्षका रोहित प्रसाईलाई मेयर बनाउने निर्णय गरेको थियो । निर्णय बाहिर आएसँगै कार्यकर्ता तथा उनका समर्थक सर्वसाधरण विरोधमा सडकमा उत्रिएका हुन ।

इटहरीमा नाराबाजी गर्दै उपमहानगर कार्यलयमा तालाबन्दि गरेका कार्यकर्ताहरुको समुहले २ नम्बर क्षेत्रीय कार्यलयका र जिल्ला पाटि कार्यलयमा पनि तालाबन्दि गरेका थिए । र्यालीमा उनीहरुले पाटि सभापति शेरबहादुर देउवा विरुद्ध पनि नाराबाजी गरेका थिए । र्यालीमा युवा देखी ७०बर्ष कटेका जेष्ठ नागरिकहरु पनि सहभागि भएका थिए ।

आमपाटि कार्यकर्ता र इटहरीबासीमा लोकप्रिय रहेका हेमकर्ण पौडेल उम्मेद्धार भए मात्र पाटिले चुनाव जित्ने उनीहरुले बताएका छन् । पौडेलले चुनाव जित्ने भन्दै टिकट दिन माग गरे । पौडेलले गरेको काम भन्दा पनि गुटका आधारमा आफु निकट व्यक्तिलाई टिकट दिएको कार्यकर्ताले आरोप लगाएका छन् ।

हाल टिकट पाएका उम्मेद्धार रोहित प्रसाई देउवा गुटका हुन । रोहित यस अघि इटहरी उद्योग वाणिज्य संघको २ पटक अध्यक्ष भएका थिए । हाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत हुन । व्यापारीको राजनितिक गर्दै गरेका व्यक्तिलाई पाटिको राजनितिमा ल्याएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि पोखेका छन् । रोहित यस अघि पार्टिको राजनितिमा निष्कृय रहँदै आएका थिए ।

यता नेपाली काँग्रेसका जिल्ला सभापति राजिव कोईरालाले जिल्ला कमिटिले जित्ने उम्मेद्धारलाई नै सिफारिस गरेको बताए । जित्ने उम्मेद्धार देखिएकाले सोही अनुसार सिफारिस गरेपनि केन्द्रिय कमिटिले गुट मिलाएर टिकट दिएको सभापति कोइरालाले बताए । जिल्ला कमिटिले पठाएको सिफारिस भन्दा पनि माथिका नेताहरुले भागबन्डाको आधारमा टिकट दिएको उनको भनाई छ । निर्णय प्रति आफुले केन्द्रिय कमिटिमा कुरा गर्ने उनले बताए ।

नेपाली काँग्रेस इटहरीमा हेमकर्ण पौडेलेको प्रभाव राम्रो देखिएको थियो । गरेका कतिपय कामका आधारमा पाटिसँगै अन्य स्वतन्त्र व्यक्तिहरुले पनि उनलाई समर्थन गर्दै आएका थिए । उनले टिकट पाए विपक्षीलाई पनि चुनाव जित्न अप्ठ्यारो पर्ने अड्कल गर्ने गरेका थिए ।

पौडेलको पक्षमा राम्रो जनमत हुँदा हुँदै पनि गुट नमिल्दा पौडेलले पाउने टिकट प्रसाईले पाएको कुरा बाहिर आएको छ । धरानमा रामचन्द्र पौडेल पक्षका तिलक राईले मेयरको टिकट पाएका कारण इटहरीमा गुट मिलाउन देउवा गुटका रोहित प्रसाईलाई दिइएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।