एमाले नेता भन्छन्,- दोस्रो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी स्थान जित्छौं

नवलपरासी, २७ जेठ । नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए ।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो एजेन्डा जनताको घरघरमा पुर्याउन नसकेका कारण सोचेजस्तो जित हासिल गर्ने नसकेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा पार्टीले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गरे ।

उनले भने – “अहिले दोस्रो चरणको निर्वाचनमा हामीले धेरै नै प्रचारप्रसार गरेका छौँ । सोही कारण हामी पहिलो पार्टी बन्ने पक्का छ ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।