संविधान संशोधन नगरी चुनावमा गए देश दुर्घटनामा फसाउने राजेन्द्र महतोको चेतावनी

विराटनगर, २८ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले चुनावको मिति केही दिन पछि सारेर भए पनि मधेसी दललाई चुनावमा आउने वातावरण तयार गर्नुपर्ने बताएका छन । महतोले संविधान संशोधनको माग सम्बोधन नगरी निर्वाचनमा गए मुलुक दुर्घटनामा पर्ने चेतावनी समेत दिए ।

‘संविधान संशोधन नगराइ चुनावमा सरकार गए त्यसको नतिजा राम्रो आउन सक्दैन,’ विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो गल्ती गरेर देशलाई अस्थिर बनाउनु हुनेछ भन्ने मलाई लाग्दैन ।’

उनले अघिल्लोपटक देउवा प्रधानमन्त्री भएका बेला जनताको तर्फवाट पेश भएका मागलाई रद्दीको टोकरीमा हाल्दा मुलुक द्वन्द्वमा फसेको स्मरण गराउँदै त्यसबाट पाठ सिकेर देउवाले मधेस समस्या समाधान गर्नुपर्ने बताए ।

महतोले मधेस आन्दोलका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका संख्या थप राजपाको बटमलाइन भएको प्रष्ट्याए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।