राजपालाई चुनावमा सहभागी हुन बाबुराम र उपेन्द्रको संयुक्त अपिल (विज्ञप्तीसहित)
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्।
‘वर्तमान संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधन लगायतका विषयहरुमा नेपाल सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं।’ संयुक्त अपिलमा छ।
दुबै नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएका छ– ‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं।’
विज्ञप्ति



