‘मधेस आन्दोलन मधेशी जनताको होइन, मोदी र भारतको हो’ : किशोरकुमार बिश्वास (भिडियो सहित)
मधेशी मोर्चाका नेताहरु मधेशी जनताहरुले बहिस्कार गरिसकेका ब्यक्तिहरु हुन् !
मधेश के चाहाँन्छ ? थारु समुदाय के चाहान्छन् ? समग्र मधेशको सुरक्षा,पछिल्ला घटनाक्रम सँग जोडेर कुनै समय निक्कै चर्चामा रहेका र मधेश आन्दोलनका मुख्य पात्र र अहिले गुमनाम झैँ बनेका बहुल रास्ट्रिय समाजवादी पार्टिका अध्यक्ष किशोर कुमार बिश्वास माउन्टेन टिभीको कार्यक्रम ‘माउन्टेन फोकस‘मा संबादको लागी अतिथिको रुपमा निम्त्याइएका थिए।
बिश्वासले कार्यक्रममा बर्गिय,जातीय,धार्मिक लैंगिक जस्ता बिभेद अझैँसम्म पनि कायम रहेको बताए। समानतामुलक समाजको उद्देश्य आफ्नो मुख्य लक्ष्य रहेको बताउँने बिश्वासले संघियताको लागी पहिलो आन्दोलनमा ज्यान गुमाउँने र घाइतेहरुलाई घात गरेर भारतको ईशारामा उपेन्द्र यादबले २२ बुदे सम्झौता गरेर राज्य सामु घुँडा टेकेको आरोप लगाए।
त्यसपछिको सम्झौतापछि यादबलाई आफुले गद्दार घोषणा गरेको बताए।
सत्र हजार मान्छे मारेर आएका प्रचण्डले समेत उत्पिडत,बर्गिय,क्षेत्रीय र भाषिक बिभेदमा परेकाहरु लाई नजरअन्दाज गरेको बताए। बिश्वासले संघिय सभाको निर्बाचन जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्बाचन प्रणाली द्दारा हुनुपर्ने माग बिश्वासले राखे।
भारतले हालको संबिधानलाई खारेज गर्न खोजिरहेको र कथित मधेशी मोर्चाको बिभिन्न किसिमको माग,सिके राउतको रास्ट्र बिखण्डन गर्ने,नेपाली आमालाई,आमाको गाली दिने माग,बिप्लबको आन्दोलनको तयारी र प्रमुख दलहरु बिच मतभेद यो सब भारतले खेलेका खेल भएको कुरा बिश्वासले बताए।
राजपाका नेताहरु,राजेन्द्र महतो,महन्थ ठाकुर,अनिल झा,राजकिशोर यादब सबैलाई मधेशका जनताहरुले चुनाब हराईदिएका र मधेशी जनताहरुले बहिस्कार गरेका ब्यक्तिहरु भएको आरोप विश्वासले लगाए।मधेशी मोर्चाले उठाएका सम्पूर्ण माग नरेन्द्र मोदीको एजेन्डा हो विश्वासले ठोकुवा गरे।
भिडियो हेर्नुहोस्


