‘गौतम बुद्ध विष्णुका अवतार होइनन्, अवतार मान्नु पर्ने कुनै आधार र प्रमाण छैन’ : डा.शारदा पौडेल (भिडियो सहित)

अरु धर्मले स्वर्ग, नर्कको वर्णन गरेर आतंक सिर्जना गर्छ

– डा. शारदा पौडेल , लुम्बिनी विश्वविद्यालयका उपप्राध्यापक

अरु धर्मले स्वर्गको बयान गर्छन्, नर्कको वर्णन गरेर डर देखाउँछन् । तर बुद्धधर्ममा अनुयायीलाई डर देखाइँदैन । भगवान बुद्धले प्रवचनमै भन्नु भएको छ कि पहिले आऊ, परीक्षण गर, सत्य लाग्यो भने अनुशरण गर ।

तर अन्य धर्ममा विश्वास गर मात्रै भनिन्छ । सत्य होस नहोस विश्वास गर भन्न छाडिन्न ।कतिपय देशहरुले राजधर्मको रुपमा पनि बुद्ध धर्मलाई अपनाएका छन् । यसो भनिरहँदा सबैभन्दा महत्वपूर्ण विषय के हो भने सुरुमा बुद्धको उपदेश, प्रवचन, शिक्षालाई अनुशरण गरिन्थ्यो । यसलाई बाँच्ने कलाको रुपमा उपयोग गरिन्थ्यो ।

पछि गएर बुद्धको शिक्षा अनुशरण गर्नेहरुले यो पद्धतिलाई धर्मको रुपमा रुपान्तरण गरे ।अन्य धर्ममा जस्तै बुद्धधर्ममा पनि कर्मकाण्ड पसेको छ । केही ढोङहरु बुद्ध धर्ममा पनि छन् । कतिपयले आफूलाई गृहस्थ भिक्षु पनि भन्ने गरेका छन् । भगवान बुद्धले मांस, मदिरा, मत्स्य सेवनमा रोक लगाउनु भएको थियो ।

नखानू भन्नु भएको थियो । तर त्यस्ता कुरा उनीहरु खान्छन् । भगवान बुद्धले पनि खानु भएको थियो भन्ने बहाना देखाएर उनीहरु खान्छन् ।भगवान बुद्धको उपासक हुँ भन्नेले पनि कर्मकाण्ड गरेको देखिन्छ ।

बुद्ध ,विष्णुका अवतार होइनन्

भगवान बुद्धलाई विष्णुको नवौं अवतारको रुपमा पनि लिने गरिन्छ । तर यो विषय चर्चा गरिएको वा भारत, नेपाल तिरका हिन्दूहरुले नवौं अवतारको रुपमा उल्लेख गरेको मात्रै हो ।

विश्वासयोग्य हिन्दू धर्मग्रन्थहरुमा यस विषयमा उल्लेख छैन । बुद्धलाई विष्णुको नवौं अवतार मान्नु पर्ने कुनै आधार, प्रमाण र कारण देख्दिनँ ।

– साभार नेपालआजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।