महिलाकै भरमा पार्टीहरुको चुनावी घरदैलौ

इनरुवा । मुलुकको राजनीतिमा महिला पुरुष भन्दा पछि नै रहेपनि आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको चुनावी माहौल तताउने काममा भने महिलाहरु सबैभन्दा अग्रपंक्तिमा देखिएका छन ।

जेठ महिनाको चर्को घाम र गर्मीको प्रवाह नगरी स्थानीय निकायको निर्वाचनमा दलका नेता कार्यकर्ताहरु भन्दा अग्रपंक्तिमा स्थानीय महिलाहरु जागरुक भएर चुनावी माहौल तताउन लागेका छन ।

प्रमुख दलहरुले जिल्लामा जारी राखेको घरदैलोमा अग्रपंक्तिमा महिलाहरु रहने मात्रै होईन, संख्यात्मक हिसावमा पनि महिलाहरुकै उपस्थिति प्रधान रहँदै आएको छ । लाग्छ महिलाहरु सक्रिय नभए दलहरुको घरदैलौ नै नहुन सक्छ ।

असार १४ अर्थात दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने दिन । मतदान गर्ने दिन नजिकिँदै गर्दा यतिबेला सुनसरीमा चुनावी सरगर्मी निकै बढेको छ ।

राजनैतिक दलहरुले आ–आफ्नो चुनावी प्रचारलाई तिव्रता दिइरहेका छन् । अधिकांशजसो दलले सुनसरीमा पार्टीका आफ्ना उम्मेदवार टुङगो लगाइसकेका छन् ।

इनरुवामा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्रले यतिबेला घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । एमाले र कांग्रेसको घरदैलोमा सहभागि स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती बाक्लो छ ।

पार्टीको चुनाव चिन्ह अंकित भेष्ट, टोपीमा सजिएर चुनावी नारामा लय मिलाउँदै प्रचारमा जुट्ने मात्रै नभएर नृत्यले सर्वसाधारणको ध्यान आफ्नो पार्टीका उम्मेदवारतर्फ केन्द्रित गराउनसमेत महिलाहरु अग्रपंक्तिमा देखिएका छन् ।

चर्को घाम नभनी आ–आफ्नो चुनावी एजेण्डासहित घरदैलो कार्यक्रममा आफ्ना उम्मेदवारलाई साथ र हौसला प्रदान गर्न महिला सहभागिताको निक्कैनै महत्वपूर्ण स्थान रहेको सम्वन्धित पार्टीका नेताहरु स्विकार गर्छन । चुनावी प्रचारमा दिनानुदिन कार्यकर्ता जुट्दै जाँदा महिला सहभागि समेत थपिदों छ । जसलाई पार्टीपंक्ति जनलहर आ–आफ्नो पक्षमा रहेको दावी गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।