गृह जिल्लामै उपेन्द्र यादवलाई कालो झन्डा, सुनसरीमा भयो बबाल !

सुनसरी । पार्टीको कार्यक्रममा बुधवार हरिनगरा गाउँपालिका आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजपा कार्यक्रताहरुले कालो झण्डा देखाएका छन ।

नेपाली कांग्रेस परित्याग गरेका गौतमपुर गाविसका पूर्व अध्यक्ष हेमनारायण मेहता र उनका समर्थकहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागि हुन यादव गौतमपुर पुगेका हुन । यादव सवार गाडीको छेउबाट राजपाका कार्यकर्ताले कालोझण्डा देखाएको नेपालपानामा खबर छापिएको छ ।

मधेसी जनतालाई धोका दिँदै चुनावमा भाग लिएको र दोस्रो चरणको चुनावमा पनि मधेसका माग पूरा नगरीकनै, संविधान संशोधन नभइकनै चुनावमा लागेको भन्दै राजपाका कार्यकर्ताले यादवलाई निशाना बनाएका हुन् ।

सो अवसरमा कांग्रेसले हरिनगरा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार नबनाएपछि रुष्ट मेहता आफ्ना समर्थकसहित बुधवार संघीय फोरममा प्रवेश गरे । यसअघि उनले कुनै पार्टीमा प्रवेश नगरे स्वतन्त्रबाटै भएपनि हरिनगरा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । फोरम प्रवेश अघिसम्म उनी कांग्रेसका गौतमपुर गाउँ सभापति रहेका थिए ।

बुधबार उनकै निवास गौतमपुर ३ मा आयोजित कार्यक्रममा उनीसँगै रामनगर भुटाहा १, २ वडा र गौतमपुर ३ वडा गरी करिब डेढदर्जन नेपाली कांग्रेसका, नेकपा एमाले, राजपा परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । जसमा नेपाली कांग्रेसका नेता प्रवीणकुमार गुप्ता, सुनैनादेवी गुप्ता, इनूस अन्सारी, एमालेका चन्दादेवी मण्डल, माओवादी केन्द्रकी राधादेवी दास, राजपा नेताहरु किर्तन ठाकुर र दिलिप गुप्ता पनि फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरमले पछिल्लो समय आफ्नो संगठन कमजोर भएको स्थानमा जनाधार भएका चुनाव जित्नसक्ने अरु पार्टीकालाई पनि उम्मेदवार बनाउने रणनीति अख्तियार गरेअनुसार नै गौतमपुरका हेमनारायणलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदै पार्टी प्रवेश गराएको हो ।

उनी २०५४ सालमा नेपाली कांग्रेसकै तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भई दुई पटक गाँउ सभापतिमा निर्वाचित भएका थिए ।

प्रवेश कार्यक्रममा उनले आफुले कांग्रेसभित्र रहेर निष्ठाको राजनीति गरेपनि नेताहरुले चाकडी गर्ने, आर्थिक लेनदेन गर्ने, आसेपासेहरुलाई काँखी च्याप्ने प्रवृत्ति मौलाउँदै गएकाले काग्रेसको नीति र नेतृत्वमा गाँउको विकास र जनताको आवश्यकता पुरा गर्न कुनै भिजन नभएकाले सो पार्टी परित्याग गरी जनताको माग अनुसार फोरममा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेश र मधेशी जनताको हक अधिकार र विकासको लागि अहिलेसम्म आफुहरुले गरेको योगदानलाई छेक्न खेजेको आरोप लगाए ।

मधेस र मधेसीको जायज मागको पक्षमा फोरम नै निरन्तर अग्रणी मोर्चामा लडिरहेको उल्लेख गर्दै मधेसी जनताले नै सीमाको रक्षा गरिरहेको बताए । उनले सुनसरीको हरिनगरा गाउँपालिका फोरमले निर्वाचन जित्ने दावीसमेत गरे ।

पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्यहरु पद्म अधिकारी, शिवबहादुर बस्नेत र जिल्ला अध्यक्ष महेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖