बुटवल उपमहानगरमा एमालेको उम्मेदवारी दर्तामै हजारौंको जुलुश (भिडियो सहित)
बुटवल, ४ असार पश्चिम तराईको मुख्य सहर बुटवल उपमहानगर पालिकामा एमालेको उम्मेदवारी दर्ता नै ठूलो आमसभा जस्तो रौनक छाएको छ । एमाले विरुद्ध सत्तारुढ कांग्रेस र माओवादीले मोर्चाबन्दी गरेको बुटवलमा उम्मेदवारी दर्ता गर्दा नै एमालेको विशाल र्याली भएको हो । बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यले उम्मेदवारी दिएका छन् ।
https://youtu.be/jZtAi9lzH-E


