काँग्रेसले कायापलट गरेर देखाउँछ : नेता कोइराला

पाँचथर, ५ असार । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अबको स्थानीय तहको निर्वाचनपछि यो मुलुकको समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने बताउनुभएको छ ।

फिदिम नगरपालिका वडा नं १२ डेरी बजारमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको र अब संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजाने जिम्मा पनि काँग्रेसकै काँधमा आएको बताउनुभयो ।

अब अरु दलका उम्मेदवारलाई मत दिएर खेर जाने तर मतको सुरक्षा गर्दै काँग्रेसका उम्मेदवारलाई मत दिएर जिताएको खण्डमा उनीहरुले मात्रै विकास र समृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, नेता दीपक प्रकाश बाँस्कोटा, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, जिल्ला सचिव रुपनारायण जवेगु, फिदिम मेयर पदका उम्मेदवार ओनाहाङ नेम्वाङ, उपमेयर पदकी उम्मेदवार उर्मिला प्रधान श्रेष्ठ, जिल्ला सदस्य हरिराज आङ्देम्बे र मित्रप्रसाद काफ्ले पनि बोल्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।