एमालेलाई हराउनुपर्छ भन्दै रञ्जु दर्शना पुगिन् झापा !
काठमाडौं, ६ असार । यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि रञ्जु दर्शना झापा पुगेकी छन् ।
काठमाडौंमा नेकपा एमालेसँग हारेकी दर्शना चुनाव प्रचार प्रसारको लागि यहाँ पुगेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बलियो प्रभाव रहेको झापामा एमालेलाई हराउनुपर्छ भन्दै दर्शनाले भाषाण गर्न थालेकी छन् ।
विवेकशील दलका केन्द्रीय व्यवस्थापिका प्रमुख गोविन्द नारायण तिम्सिनासँगै झापा पुगेकी दर्शनाले अाफ्ना समर्थकसँग भनिन् ,’झापामा हामीले जित्नु भनेको केपी ओलीले हार्न हो त्यसैले जसरी पनि हामीले जित्नुपर्छ ।’ काठमाडौंको चुनाव अघि नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध गरेको गालीका कारण अालोचना भएको थियो ।
विवेकशीलले दमकको मेयरमा सुवास सुवेदीलाई उम्मेदवार बनाएको छ । उनलाई भोट माग्न घरदैलो अभियानमा जुटेकी दर्शनाले एमाले लगायतका ठूला दलका नेताहरुले युवाको पक्षमा काम नगरेको भन्दै अाफ्नो दललाई जिताउन आग्रह गरिन् ।


