एमालेका ‘हेभी वेट’ उम्मेदवार : को-को कहाँबाट चुनावमा लड्दै ?

काठमाडौं, दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले ‘हेभी वेट’ उम्मेदवारलाई मैदानमा अघि सारेको छ ।

निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० तहमा एमालेका जिल्ला अध्यक्ष नै चुनावमा उत्रिएका छन् । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्षमा उठ्नुभएको छ भने पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार भएको छ ।

झापाका अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा, मोरङका अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिकाको प्रमुखमा, सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा, ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुखमा उम्मेदवार भएको छ ।

गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिकाको प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिकाको प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिकाको प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखका रुपमा मैदानमा उत्रिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।