‘राजपा भन्ने पार्टी छिमेकी मुलुक भारतको भाजपाको शाखा कमिटी जस्तै हो’ : राजिब पहारी (भिडियो सहित)
काठमाण्डौ । युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले दोश्रो चरणको निर्वाचनमा नेकपा एमालेकै जीत हुने बताएका छन् । उनले दोश्रो चरणको निवार्चनको संघारमा प्रदेश नं. २, ५ र ७ मा युवासंघले आयोजना गरेको चुनावी अभियानका सन्दर्भमा जनाताबाट पाएको प्रतिकृयाको आधारमा एमालेको जीत निश्चित भएको बताएका हुन् ।
अध्यक्ष पहारीले चितवन घटना, प्रधान न्यायधिशको महाअभियोग लगाएतका विषयमा कांग्रेस र माओबादीको नियत जनताले बुझिसकेको भन्दै देश द्रोहीलाई अब जनताले कुनै पनि हालतमा आफ्नो अमूल्य मत नहाल्ने विश्वास व्यक्त गरे । उने अन्य दिनमा कांग्रेस र माओबादीको झण्डा घरको धुरीमा फहराए पनि अषाढ १४ मा भने भोट एमालेकै सुर्य चिन्ह्मा हाल्ने पनि दाबी गरे ।
१७ दिनको जिल्ला दौडाहापछि अध्यक्ष पहारीले काठमाण्डौ फर्किएर जनताबाट पाएको अभिमतको विषयमा लाईट नेपालसंगर यसरी कुराकानी गरेका छन् । उनीसंग गरिएको कुराकानी हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला


