चार दलका शीर्ष नेता विराटनगरमा, के भन्लान् ओली, प्रचण्ड उपेन्द्र र गच्छदारले ?

विराटनगर, असार ९ । असार १४ मा हुन गइरहेको दोस्रो चरणको निर्वाचन केन्द्रित संयुक्त चुनावी सभालाई सम्बोधन गर्न चार दलका शीर्ष नेता विराटनगर आउने भएका छन्। उनीहरू दोस्रो चरणको चुनावको मुख्य केन्द्र बनेको विराटनगरमा भोट माग्न शनिबार यहाँ उत्रिने भएका हुन्।

आ–आफ्नो पार्टीको चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), संघीय समाजवादी फोरमका नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपा शर्मा ओली र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार संयुक्त चुनावी सभालाई सम्बोधन गर्न तथा भोट माग्न महानगर आउने भएका हुन्।

अलग–अलग स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा ‘हेबी वेट’ नेताहरू विरटनगर आउने भएपछि यहाँको चुनाव सारगर्मी निकै बढेको छ।

जसअनुसार चुनावमा तालमेल गरेका माओवादी केन्द्रका प्रचण्ड र फोरमका नेता यादवले विराटनगरको हाटखोलामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मोरङले जनाएको छ।
त्यसैगरी, नेकपा एमाले अध्यक्ष ओली र फोरम लोकतान्त्रिका गच्छदारले शनिबारै विराटनगरको गुद्री बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओली र गच्छादारले संयुक्त रूपमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने मोरङ एमालेले जनाएको छ।

माओवादी–फोरमको चुनावी सभालाई दाहाल–यादवले दिउँसो २ बजे सम्बोधन गर्ने छन् । यता, ओली–गच्छादारले दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगरमा माओवादी र फोरमले तालमेलबाट मेयरमा फोरमका तर्फबाट उमेश यादव मेयरमा लड्दैछन् भने उपमेयरमा माओवादीकी नमिता न्यौपाने मैदानमा छिन्। त्यस्तै, एमाले–फोरम गबठन्धनका तर्फबाट विनोद ढकाल मेयरमा लड्दैछन् भने उपमेयरमा फोरमले सूची चौधरीलाई अघि सारेको छ। – प्रवीण बानियाँ / नेपालखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖