ताप्लेजुङ फुङलिङमा दाजुभाई एकै पदका उम्मेदवार, आमालाई हर्ष भन्दा पीडा बढी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको एक वडामा एकै परिवारका दाजुभाई नै फरक पार्टीबाट अध्यक्षका उम्मेदवार बनेपछि आफन्तहरु अन्योलमा परेका छन् ।

फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् ।

एकै घरका छोरा फरक पार्टीबाट एउटै पदमा उम्मेदवार बनेपछि कसलाई भोट दिने आफुहरु अन्योलमा परेको आफन्त खेम बरालले बताए ।

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको दुबै दाजुभाईको तर्क रहेको छ । यता आफ्ना दुबै छोरा वडाध्यक्षका लागि फरक फरक पार्टीबाट उम्मेदवार बनेकाले आफन्तलाई भन्दा बढी समस्या आमा मायादेवीलाई परेको छ ।

उठे पनि एउटै पदमा नउठ भन्दा मानेनन् भोट कसलाई हाल्ने आफन्तले त बरु छान्लान म कसलाई छानुँ र भोट हालुँ बृद्ध आमा मायादेवीले भनिन् । अरु उम्मेदवारका आमा छोरा उम्मेदवार बन्यो भनेर खुशी छन्, आफ्नै दुइ छोरा अध्यक्षकै उम्मेदवार हुँदा पनि पीडा बढि हुँदो रहेछ उनले गुनासो गरिन ।

छोराहरुले जसलाई म पर्छ दोधारमा नपरी माईलालाई भए पनि कान्छालाई भए पनि भोट हाल्नु भन्छन् म त कसैलाई नहाली बसौंकी भन्ने सोचमा पो छु मायांदेवीले भनिन् । अहिले दुबै छोरा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।