धनकुटामा १० दिनका क्रियापुत्रीले पनि मतदान गरे
जिल्लामा ७२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
धनकुटा खबर,१४ असार । बुधवार भएको स्थानिय तह निर्वाचनमा धनकुटा जिल्लामा ७२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मतदान कार्य सम्पन्न भएको र ७२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले वताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाका सात वटै तहमा शान्तिपुर्ण ढंगवाट मतदान कार्य सम्पन्न भएको छ । जिल्लाका १ सय १७ वटा मतदान स्थलमा रहेका १ सय ४३ वटा मतदान केन्द्रवाट मतदाताहरुले उत्साहपुर्वक मतदान गरेका छन् ।
गएराती देखि परेको अविरल वर्षाका कारण मतदान कार्य प्रभावित हुन सक्ने आशंका गरिएपनि मतदाताहरु भने झरिको कुनै प्रवाह नगरि विहान ६ वजेदेखि मै मतदान केन्द्रमा लाईनमा वस्न पुगेका थिए । मतदान कार्य शुरु भएसगै मौसममा समे सुधार आएपछि मत दातामा थप उत्साह भरिएको थियो ।

२० वर्षपछि भएको स्थानिय तहको निर्वाचनवाट आफुले रोजेको व्यक्तिलाई चुन्न पाउने भएपछि मतदातामा छुटै खालको उत्साहित देखिएको छ । भोट दिने दिनको पर्खाइ यतिका वर्ष वितको भन्दै पाख्रिवास नगरपालिका वडा न. ८ मुगा निवासी ७८ वर्षिय भिमकुमारी भट्टराईले भन्नुभयो मतदान केन्द्र आई करिव आधा घण्टा लाग्ने भएपनि भोट हाल्न धेरै आतुर भएकाले विहान ६ बजे नै आईपुगेकी थिए ।
यस्तैसम्पन्न स्थानिय तहको निर्वाचनमा धनकुटामा १० दिनका क्रियापुत्रीले पनि मतदान गरेका छन् । धनकुटा नगरपालिका वडा न.१० निवासी आमा भद्रकुमारी दर्जी र छोरा नविन दर्जीले सिद्धदेवी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । यसैगरि स्थानिय तहको निर्वाचनमा धनकुटा जिल्लामा ९० वर्ष भन्दा माथिका वृद्धवृद्धाले समेत उत्साहक पुर्वक मतदान कार्यमा सहभागि भएका छन् । छथरजोरपाटी गाउँपालिका वडा न. १ स्थित शारदा माविमा रहेको मतदान केन्द्रमा स्थानिय ९४ बर्षिय मनमाया अधिकारी,९० वर्षिय तोयानाथ सुवेदीले मतदान गर्नुभएको छ । यसैगरि धनकुटा नगरपालिका वडा न.१० मा रहेको सिद्धदेवी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा ९५ वर्षिय हर्कमाया अधिकारीले मतदान गर्नुभएको पत्रकार वलराम दाहालले जानकारी दिनुभयो ।
निर्वाचित ३ सय १४ जना प्रतिनिधिका लागी जिल्लामा १ हजार १ सय ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा तिन नगरपालिका र चार गाउँपालिका रहेका छन् । मतपेटिका संकलन गरि सम्वन्धित निर्वाचन अधिकृतको कार्यालय ल्याएपछि राजनितिक दलहरुसँगको सर्वदलिय वैठक पछि मतगणना कार्य शुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले वताउनुभयो ।
तस्वीर: धनकुटा ७ स्थित त्रिवेणी मतदान केन्द्रमा मतदानका लागी लाईनमा वसेका मतदाताहरु


