यी हुन झापाकी ६३ वर्षीया मीरादेवी बुढाथोकी, जस्को गरियो दुई वटै घुँडाको सफल प्रत्यारोपण

सुरुङ्गा(झापा), २२ असार । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ ।

वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिनुभयो ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भन्नुभयो, “भारतको सिलगढी, पञ्जाब, काठमाडौँको ग्राण्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएँ तर बी एण्ड सीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरे घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।”

“अष्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ” उहाँले भन्नुभयो, एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ त चानचुन सात लाखमा नै उपचार भयो । उपचारमा संलग्न डा पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताउनुभयो । फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा पराजुलीले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।