बम हातैले फालेपछि चर्चामा आएका साहसिक प्रहरी रानाले पहिलोपटक मिडियामा आएर यसो भने – हेर्नुहोस् भिडियो
दागंमा सम्पन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनका क्रममा कसैले निर्वाचन क्षेत्रमा लक्षित गरेर फालेको बम हातैले फालेपछि चर्चामा आएका प्रहरी हवल्दार रानाले एकै पटक सरकारका तर्फवाट दुई पुरस्कार पाए । पहिलो उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्ने निर्णय गरेको छ भने दोस्रो उनी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सुरक्षा गार्ड नियुक्त भएका छन् ।बम टिपेर मतदान केन्द्रबाट बाहिर फ्याँक्दै ठूलो दुर्घटनाबाट जोगाएको भन्दै गृहमन्त्री जनार्दन शर्माको पहलमा रानालाई असईमा बढुवा गरिएको हो भने उपप्रधानमन्त्री महराको बिशेष आग्रहमा गृह मन्त्रालयले रानालाई महराको सुरक्षा गार्डमा नियुक्त गरेको हो । रानालाई उपप्रम महराको सुरक्षा गार्ड नियुक्त गरिएको गृह मन्त्रालयले पुष्टि गरेको छ । हेर्नुहोस् लाईटनेपालको यो भिडियो


