भनिन्छ हत्केला चिलाउँदा पैसा आउने भो ! तर त्यसो हैन, हुनसक्छ यस्तो खतराको संकेत
एजेन्सी । शरिरको संवेदनशील अंगमध्ये एक हो हाम्रो हत्केला। हत्केला सबै भन्दा बढी प्रयोग आउने अंग हो । यो चिलाएमा पैसा आउने भन्ने भ्रमात्मक परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ ।
यो चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ ।
हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग हत्केला चिलाउनु पैसासँग कुनै सम्बन्ध भने छैन ।
हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो ।छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।
विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन्। तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।


