ट्राफिक महाशाखाकामा त्यसै सरुवा भएका होइनन् सर्बेन्द्र खनाल, यस्तो डरलाग्दो छ भित्रि कारण…

काठमाडौं, ११ साउन । ट्राफिक प्रहरीले प्रयोग गर्ने माक्स खरिदमा अनियमितता गरेको आरोप लागेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी मिङ्गमार लामा प्रहरी मुख्यालय तानिएका छन । बजारमा खुद्रा रुपमा खरिद गर्दा समेत एक हजार दुइ सय रुपैयामा पाइने गुणस्तरीय माक्स खरिदमा दोब्बर भन्दा बढी मुल्यमा खरिद गरेको पाइएपछि डीआइजी लामालाई छानबिनको लागि प्रहरी मुख्यालय तानिएको उच्च स्रोतको दावी छ ।

१० दिन अगाडी एआइजी बढुवा सिफारिसमा परेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा मंगलबार अपरान्ह प्रहरी मुख्यालय तानिएको स्रोतले जानकारी दिएको छ । आर्थिक मामिलामा बदनाम उनलाई राजनीतिक भागबण्डाको आधारमा एआइजी बढुवाको लागि सिफारिस गरिएको थियो ।

प्रहरी मुख्यालय सम्बद्ध बिश्वस्त स्रोतका अनुसार डीआइजी लामा नेतृत्वको ट्राफिक महाशाखाले केहि दिन अगाडी ट्राफिक प्रहरीले प्रयोग गर्ने माक्स खरिदको लागि टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडी बढाएको थियो । अक्सिजन फिल्टर गर्ने एक हजार दुइ सय थान गुणस्तरीय माक्स खरिदको लागि आह्वान गरिएको उक्त टेन्डरमा एकै व्यक्तिले ल्याएको तीनवटा फर्म दर्ता गरेर खरिदको प्रक्रिया अगाडी बढाइएको स्रोत बताउछ ।

सामान्यतया उच्च गुणस्तरको उक्त माक्स एक हजार दुइ सय रुपैयामै बजारमा पाइने भएतापनि डीआइजी लामाले ठेकेदार ललित अग्रवालसंगको मिलेमतो र कमिशनको लोभमा दोब्बर भन्दा बढी मुल्यमा खरिद गर्ने निर्णय गरेका थिए । बजार मूल्य भन्दा एक हजार छ सय रुपैया बढी अर्थात दुइ हजार आठ सय रुपैयामा खरिद गर्ने निर्णय गरेर ठेकेदार अग्रवालबाट १५ लाख रुपैया कमिशन लिएर संगठनलाई १९ लाख २० हजार रुपैया हानीनोक्सानी पुर्याएको आरोपमा लामामाथी छानबिन शुरु भएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।

बजारमा एक हजार दुइ सय रुपैयाँमा उच्च गुणस्तरको मास्क पाइने भएतापनि दुइ हजार आठ सय रुपैयाँमा खरिद गरिएको उक्त माक्स न्यून गुणस्तरको रहेको ट्राफिक महाशाखामा कार्यरत एक इन्स्पेक्टरले नाम नछाप्ने शर्तमा सुशासन न्युजलाई जानकारी दिएका छन् ।

खरिद गरिएको अक्सिजन फिल्टर गरेर लिने उक्त मास्क एक हप्तामै बिग्रिएको पाइएको छ । टेण्डर फर्म किन्न अन्य ब्यापारीलाई बन्चित गरी ललित अग्रवालकै तीनवटा फर्ममध्ये सेटिङ गरी एउटालाई टेन्डर दिइएको खुलासा भएको छ । ललित अग्रवालले पहिला ३ सय पिस मास्क राम्रो दिएर भुक्तानी लिइसकेपछि बाँकी १ हजार पिस गुणस्तरहीन दिएका कारण ट्राफिकले लाउन नपाउँदै बिग्रेको गुनासो महाशाखाका हाकिमहरुलाई गरेका थिए ।

नियमित ब्रीफिंगको क्रममा ट्राफिक प्रहरीहरुले हप्ता दिनमै मास्क बिग्रिएको गुनासो गर्दा समेत डीआइजी लामाले कुनै वास्ता नगरेपछि प्रहरी मुख्यालयले एक्सन लिएको खुल्न आएको छ । एआइजी बढुवा सिफारिसमा परेका उनको बढुवा निर्णय लगत्तै एक हप्तापछि त्यहाँबाट सरुवा हुने निश्चित थियो तर भ्रस्टाचारको आरोप र ट्राफिक ब्यबस्थापनमा अक्षम देखिएपछी गृहमन्त्रीको ठाडो निर्देशनमा उनलाई एकाएक सरुवा गरिएको उच्च स्रोतको दावी छ ।

डीआइजी लामा मुख्यालय तानिएपछी गृह मन्त्रालयले गत हप्ता मात्रै पहिलो नम्बरमा डीआइजी बढुवा सिफारिसमा परेका चर्चित एसएसपी सर्बेन्द्र खनाललाई ट्राफिक प्रहरीको कमाण्ड सुम्पिएको छ । भावी आइजीपीको रुपमा हेरिएका उनि नेपाल प्रहरीका एक सक्षम, इमान्दार र ब्यबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत खनाल प्रहरी प्रवक्ता यसअघि महानगरीय अपराध महाशाखाको प्रमुख थिए प्रहरी हेडक्वार्टरको सचिवालयमा कार्यरत खनाल प्रहरी प्रवक्ता पनि रहेका थिए ।

त्यसअघि काठमाडौं अपराध महाशाखाको प्रमुख रहेका खनाल नेपालको फुटबल क्षेत्रमा भएको म्याच फिक्सिङका दोषीलाई पक्राउ, गुण्डा नाइकेको इन्काउन्टरलगायत काम गरी चर्चामा आएका थिए । महाशाखामा रहंदा म्याच फिक्सिङका आरोपी खेलाडीलाई पक्राउ , गुण्डा नाइकेको इन्काउन्टर, कालोबजारी गर्नेलाई कारबाही तथा, बैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारणलाई ठग्ने गिरोहलाई पक्राउ तथा पेट्रोलपम्पको मिटर बिगारेर बर्षौदेखि उपभोक्ता ठग्दै आएका पेट्रोलियम ब्यबसायी, आयल निगमका उच्च अधिकारी र नापतौल विभागका महानिर्देशकलाई समेत पक्राउ लगायत सयौ काम गरी चर्चामा आएका थिए ।

प्रविधिको प्रयोग मार्फत केहि नयाँ काम गरेर देखाउने स्वभावका खनालको ट्राफिक महाशाखा आगमनसंगै ट्राफिक ब्यबस्थापनमा आमुल परिवर्तन आउनसक्ने अनुमान गरिएको छ प्रहरी हेडक्वार्टरको सचिवालयमा कार्यरत खनाल प्रहरी प्रवक्ता पनि रहेका थिए । त्यसअघि काठमाडौं अपराध महाशाखाको प्रमुख रहेका खनाल नेपालको फुटबल क्षेत्रमा भएको म्याच फिक्सिङका दोषीलाई पक्राउ, गुण्डा नाइकेको इन्काउन्टरलगायत काम गरी चर्चामा आएका थिए । – सुशासन न्युजबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।