वीर अस्पतालको समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भने,- उपचारको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ

यस्तो छ वीर अस्पतालको इतिहास...

काठमाण्डौ, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिरामी भएपछि उपचार गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहमा उक्त कुरा बताएका हुन् । नेपालमा विरामी भएर कुनै व्यक्ति भारत, सिंगापुर, बैंकक, अमेरिका जाने उल्लेख गर्दे देउवाले मुलुक मै उच्च स्वास्थ्य सेवा दिने प्रयास गर्नुपर्ने बताए । उनले यस्तो प्रयास वीर अस्पतालबाट गर्नुपर्ने समेत उल्लेख गरे ।

चालु आर्थिक वर्षमा वीरको भौतिक विकासमा थपिने पूर्वाधारहरुले सेवा प्रवाहलाई अझ व्यापक बनाउने समेत उनले जनाए । सरकारी स्वास्थ्य प्रणालीलाई बलियो पार्नुपर्ने आवश्यकता औल्याउँदै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललले रोग लाग्दा अर्को देश जानु नपर्ने अवस्था बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

मुलुकको स्वास्थ्य नीति को प्रतिबिम्ब वीर अस्पताल रहेको बताउँदै पोखरेलले स्वास्थ्य सेवामा सुधारको लागि जनशक्ति, औषधि, उपकरण, पूर्वाधार र स्थानीय समुदायको अपनत्व चाहिने समेत जनाए ।

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वीर, शिक्षण लगायतका सरकारी अस्पतालमा सेवा उपलब्ध नभएर बाध्यतावस महंगो निजी अस्पतालमा सेवा किन्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै हाल सामान्य उपचारको लागि जिल्लाबाट केन्द्र आउनुपर्ने अवस्थाको समेत अन्त्य हुनु आवश्यक रहेको उनले बताए ।

वीरका निर्देशक डा.भुपेन्द्र बस्नेतले अस्पतालमा विशेषज्ञ चिकित्सक लगायतका अन्य प्राविधिक जनशक्तिमा उल्लेख्य वृद्घि गर्नुपर्ने बताए । उनले बाल, प्रसुती, मानसिक र आँखा सम्बन्धी सेवा थप गरेर सञ्चालन गर्न सरकारबाटै पहल हुनुपर्ने बताए ।

वीर अस्पतालको इतिहास

विसं १९४७ सालमा १५ शैय्याबाटसञ्चालन भएको यो अस्पतालमा हाल ४ सय ६० शैय्या छन् । गत आर्थिक वर्षमा बहिरंग विभागबाट यो अस्पतालमा करिब तीन लाख ८५ हजारजनाले स्वास्थ्य सुविधा लिएका थिए ।

सन् १९३३ मा मुलुक कै पहिलो चिकित्सा शिक्षा दिने सिभिल मेडिक स्कुलको प्रारम्भ समेत यहिबाट भएको थियो । यस अन्तर्गत कम्पाउन्डर, ड्रेसर र पछि नर्सिङ्ग शिक्षा शुरु भएको थियो ।

सन् १९८७ मा बेलायतको एफआरसिएस, एमआरसिपी र एमआरसिओजीको दक्षिण एशियाको केन्द्र समेत वीर मै रहेको थियो । सन १९९४ मा पीजीएमइसिसिबाट एमडी/एमएसको तालिम समेत वीरबाटै सुरु भएको हो । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत यहाँ एमडी/एमएस/एमडीएस/डीएम/एमसिएच को तालिम समेत हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖